१६ चैत्र २०८०, शुक्रबार

अंकल हैनन् भुवन



केही साताअघि काठमाडौंमा वितरण गरिएको एउटा एवार्ड वितरण समारोहमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनेता तथा निर्माता भुवन केसीलाई गरेको सम्बोधनले दर्शकलाई आश्चर्यचकित बनायो । चलचित्र ‘ड्रिम्स’ बाट नयाँ अभिनेत्रीको एवार्ड ग्रहण गरेपछि धन्यवाद दिने क्रममा साम्राज्ञीले आफ्नो बुवाको उमेर समानका भुवन केसीलाई ‘धन्यवाद भुवनजी’ भनिदिइन् ।

साम्राज्ञीको सम्बोधनले दर्शक छक्क परे पनि भुवन भने मुस्कुराइरहेका थिए । आफ्नै छोरा अनमोल केसीसँग अनस्क्रिन रोमान्स गर्ने साम्राज्ञीले आफूलाई भुवनजी भन्दा भुवनको अनुहारमा चमक देखिएको थियो । आफ्ना छोरा अनमोलले साथीझैं व्यवहार गर्ने साम्राज्ञी कुनै बेला भुवनलाई ‘भुवन अंकल’ भनेर सम्बोधन गर्थिन् । सम्बोधनमा आएको यो परिवर्तनको कारण के हुनसक्छ ? साम्राज्ञीले नै यसको जवाफ दिएकी छिन् । उनले भनेकी छिन्— ‘मैले त भुवन अंकल नै भनिरहेको हो तर उहाँले नै आफूलाई अंकल नभन्न आग्रह गरेपछि मैले ‘जी’ लगाएर सम्बोधन गरेकी हुँ । ‘उहाँले मलाई अंकल भनेर बूढो नबना भन्नुभएको छ’, साम्राज्ञीको भनाइ छ । हजुरबा भैसकेका भुवन केसीलाई अंकल शब्दसँग यो कस्तो एलर्जी हो ?

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार