१३ बैशाख २०८१, बिहीबार

नवलपरासीका चार गाउँपालिका कांग्रेसको कब्जामा



नवलपरासी । पहाडी बुलिंटार र हुप्सेकोट गाउँपालिकामा कांग्रेस बिजयी भएको छ । बुलिंटारमा नेपाली कांग्रेसबाट गाउँपालिका प्रमुखका उम्मेदवार शशिकिरण बस्ताकोटीले ४७०८ मत ल्याएर बिजयी भएका छन् । बस्ताकोटी शिक्षक हुन् । उनका प्रतिस्पर्धी एमालेका पत्रकार विद्रोही गिरीले २५५० मतमा चित्त बुझाएका छन् । गिरी प्रेस चौतारीका केन्द्रीय सदस्य पनि हुन् ।
त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी मैना बिकले ४६५३ मत ल्याएर बिजयी भएकी छन् । एमालेबाट उपप्रमुखमा पार्वती थापाले २६१४ मत ल्याएकी छन् । त्यहाँ ६ वटा वडामा सबै ३० जना नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका छन् । पहाडी बुलिंटार गाउँपालिका २०४६ सालपछि नेपाली कांग्रेसको गढका रुपमा चिनिन्थ्यो ।
हुप्सेकोट गाउँपालिका प्रमुखमा कांग्रेसकी लक्ष्मी पाण्डे बिजयी भएकी छन् । उपप्रमुखमा एमालेकी कोपिला मल्ल बिजयी भएकी छन् ।
लक्ष्मी पाण्डेले ४५९२ र उनका प्रतिद्वन्द्वी एमालेका मेघ बहादरले ४३५८ मत ल्याएका छन् । उपप्रमुखमा एमालेकी कोपिला मल्लले ४४६८ मत ल्याएर बिजय भइन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ओमखबहादुर थापाले ४४१३ मत ल्याएका छन् । ६ वटा वडामा कांग्रेस ४ वटा र २ वडामा एमाले बिजयी भएको निर्वाचन अधिकृत बिकासनरसिंह राणाले जानकारी दिए ।
त्यहाँको वडा नंम्बर १ मा कांग्रेसबाट वडा अध्यक्ष चित्रबहादुर कानूले ८०३ मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका मनसारुले ५८१ मत ल्याएका छन् । त्यसैगरी वडा नम्बर २ मा कांग्रेसका वडा अध्यक्ष पदम केसीले ७५१ मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका श्याम लम्सालले ५९८ मत ल्याएका छन् ।
त्यसैगरी वडा नम्बर ३ मा कांग्रेसबाट वडा अध्यक्षमा छविलाल मिथुनले १०७२ ल्याएर बिजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका कमानसिंह रजालीले ९०७ मत ल्याएका छन् । त्यसैगरि वडा नम्बर ४ मा एमालेका रोशन थापाले १११३ मत ल्याएर बिजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका बलबहादुर रानाले ९२२ मत ल्याएर पराजित भए । ५ नम्बर वडामा कांग्रेसका पदम रानाले ४५३ मत ल्याएर बिजयी भए । उनका प्रतिस्पर्धी एमालेका बमबहादुर रानाले ३५५ मत ल्याएका छन् ।
त्यसैगरी वडा नंम्बर ६ मा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार छमबहादुर समैले ५९ मत ल्याएर बिजयी भए । उनका प्रतिस्पर्धी एमालेका देबसिंह सारुले ५१८ मत ल्याएका छन् ।
नवलपरासीमा पहिलो चरणमा निर्वाचन भएका सबै ४ वटा गाउँपालिकामा कांग्रेसले कब्जा जमाएको छ । त्यहाँको बुंलिटार, हुप्सेकोट, बुंदिकाली र वीनयी त्रिवेणी गाउँपालिकामा कांग्रेस बिजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार