१६ चैत्र २०८०, शुक्रबार

थाकस अध्यक्ष चौधरीलाई सहयोग



धनगढी । थारू कल्याणकारिणी सभा कैलालीका अध्यक्ष लाहुराम चौधरीलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
कैलाली जिल्ला कारागार कैलालीमा जेलजीवन बिताइरहेका लाहुरामको बैंक ऋण बढ्दै गएर घरजग्गा लिलाम हुने अवस्थामा पुग्न लागेपछि विभिन्न व्यक्ति तथा संस्थाले सहयोग प्रदान गरिरहेका छन् ।
यस क्रममा कैलाली र कञ्चनपुरमा थारू युवाहरूले संकलन गरेको ६९ हजार रुपैयाँ उनलाई प्रदान गरिएको जनाइएको छ ।
धनगढी उपमहानगरपालिका–३, बडहरा बस्दै आएका चौधरीले व्यापार गर्नका लागि बैंकबाट ११ लाख ऋण लिएका थिए । बैंक ऋणबाट उनले फर्निचर उद्योग सञ्चालन गरेका थिए ।
थरुहट आन्दोलनका क्रममा २०७२ साल भदौ ७ गते भएको टीकापुर घटनाको योजनाकार रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
सो घटनामा पक्राउ परेका अन्य २४ जनासहित लाहूराम हाल कैलाली जिल्ला कारागारमा बन्दीजीवन बिताइरहेका छन् ।
बैंकको ऋण लामो समयदेखि नबुझाएका कारण घरजग्गा लिलाम हुने अवस्थामा पुगेपछि सहयोग अभियान शुरु गरिएको ठाकुर करियाप्रधानले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार