६ बैशाख २०८१, बिहीबार

एमालेको टोल भेला



सुखड । नेकपा (एमाले)ले चुनाबी अभियान अन्तर्गत घोडाघोडी नगरपालिका १ सीतानगरमा टोल भेला सम्पन्न गरेको छ ।
वडा नम्बर १ का सदस्य पदका उम्मेदवार नवीन बिस्टले स्वागत गरेको भेलाका चुलराम चौधरीले उद्घाटन गरेका थिए ।
कार्यक्रममा जिल्ला सदस्य बिश्नु चौधरी, मेयर पदका उम्मेदवार ममताप्रसाद चौधरी उपमेयरका उम्मेदवार प्रेमकुमारी थापा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार