१३ बैशाख २०८१, बिहीबार

अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइयो



धनगढी । ‘नर्सिङ : दिगो विकास लक्ष्य प्राप्तिका लागि नेतृत्वदायी आवाज’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नर्सिङ दिवस शुक्रबार विभिन्न कार्यक्रम सहित कैलाली मनाइयो ।
नेपाल नसिंङ संघ, कैलालीको आयोजनामा धनगढीको ट्राफिक चौराहदेखि सेती अञ्चल अस्पताल परिसरसम्म र्‍याली निकालिएको थियो । र्‍यालीमा नर्स, शिक्षक, डाक्टर, नर्सिङशास्त्र अध्ययनरत विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
र्‍यालीपछि आयोजित कार्यक्रममा स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुर्‍याएवापत विभिन्न चिकित्सक तथा नर्सलाई सम्मान गरियो ।
कार्यक्रममा प्राध्यापक डाक्टर शुभेषराज कायस्थ तथा भगवती वडाल सहित पाँच जना नर्सलाई सम्मान गरिएको थियो । सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर अशोक श्रीपाईलीले सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रम संघकी अध्यक्ष यशोदा ढकालको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार