७ बैशाख २०८१, शुक्रबार

रक्तदान कार्यक्रम



धनगढी । योङ कम्युनिष्ट लिग (वाइसिएल) धनगढीले शुक्रबार धनगढी उपमहानरपालिका–१४, फूलबारीमा रक्तदान कार्यक्रम गरेको छ ।
सो अवसरमा छ महिलासहित २१ जनाले रक्तदान गरेका थिए । माओवादी केन्द्रका तर्फबाट उपमहानरपालिकाको उपप्रमुखका उम्मेदवार शान्ति अधिकारी क्षेत्रीले रक्तदान गरि कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।
कार्यक्रममा माओवादी केन्द्रका नगर इञ्चार्ज रमेश धामी, वाइसिएलका केन्द्रीय सचिव नरेन्द्र तिमिल्सिना, उपमहानगरपालिकामा प्रमुखका उम्मेदवार रामसमझ राना, टिकाराम सापकोटा, आरपी भट्टराईलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम एनआइसी एसिया बैंकको सौजन्य र नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र धनगढीको समन्वयमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार