७ बैशाख २०८१, शुक्रबार

बाजुराका ९३ हजार सल्लाबाट खोटो निकालियो



बाजुरा । बाजुराका विभिन्न सामुदायिक वनबाट झण्डै ९३ हजार सल्लाबाट एक लाख ४७ हजार किलो खोटो संकलन हुने भएको छ ।
बडिमालिका नगरपालिकामा रहेका १६ सामुदायिक वन र गौमुल गाउँपालिकामा रहेको एक सामुदायिक वनबाट प्रत्येक वर्ष दुई कम्पनीले खोटो संकलन गरेर लैजाने गरेको बताइएको छ । खोटो संकलनका लागि मनकामना रोजिन क्यामिकल उद्योग प्रालि र हिउँचुली कम्पनीलाई संकलन अनुमति दिइएको जिल्ला वन कार्यालय, बाजुराका निमित्त वन अधिकृत मनकुमार छन्त्यालले बताए ।
सामुदायिक वनमा रहेका प्रतिरुखबाट चार किलो खोटो संकलन गर्न पाइन्छ छ । खोटो संकलनका लागि मनकामना रोजिन क्यामिकल उद्योग प्रालि नेपालगन्जलाई १० वटा सामुदायिक वन र हिउाचुली उद्योग कम्पनीलाई सातवटा सामुदायिक वनबाट खोटो संकलन गर्न अनुमति दिइएको जिल्ला वन कार्यालयका रेञ्जर विशालकुमार लामाले जानकारी दिए ।
खोटो संकलन चैतदेखि कात्तिकसम्म मात्र गर्न पाउने लामाले बताए । मनकामनाले एक हजार ३८० माउ रुख र ३६ हजार ६८४ अन्य रुख गरी ३८ हजार ६४ वटा सल्लाका रुखबाट खोटो संकलन गरिएको छ ।
खोटो संकलनका लागि चार हजार ८९० मुख्य रुख र ५० हजार ५२९ गरी ५५ हजार ४१९ रुखबाट खोटो संकलन गर्नका लागि हिउाचुली कम्पनीलाई अनुमतिपत्र दिइएको छ । हिउँचुलीले २१४ दशमलव ७० बढी किलो खोटो संकलन गरिएको कम्पनीले जनाएको छ । खोटो संकलनका लागि मनकामना रोजिन उद्योगले ३६ हजार ६८४ योग्य रुखबाट एक लाख ४६ हजार ७३६ किलो खोटो संकललन गरी निर्यातका लागि अनुमतिपत्र दिइएको कम्पनीका भीमप्रसाद पौडेलले बताए । खोटो संकलनपछि नेपालगन्ज निर्यात हुने भएको छ । खोटो संकलनपछि कार्पेन तेल बनाएर रङमा मिसाउन प्रयोग गरिने पौडेलको भनाइ छ ।
बर्सेनी सल्लाका रुखबाट खोटो सङ्कलन गर्दै निर्यात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार