८ बैशाख २०८१, शनिबार

खाद्य संस्थानको चामल बिक्रीमा कमी



बझाङ । नेपाल खाद्य संस्थानमा चामलको बिक्रीमा कमी आएको छ । संस्थानको चामलको मल्य बजारको भन्दा महंगो भएकोले पनि बिक्रीमा कमी आइरहेको बताइन्छ ।
जयपृथ्वी नगरपालिका–१ का दिलबहादुर विकले खाद्य संस्थानको चामल बजारको भन्दा प्रतिक्विन्टल एक सय ५० रुपैयाँ महंगो हुनुका साथै बजारभन्दा टाढा रहेकोले प्राय:ले व्यापारीबाट्र नै चामल किनेर खाने गरेको बताए ।
बजारमा मोटो चामल प्रतिक्विन्टल तीन हजार तीन सय रुपैयाँ मूल्य रहेको र खाद्य संस्थानमा तीन हजार चार सय ५० रुपैयाँ मूल्य रहेको छ ।
खाद्य संस्थानका बझाङ प्रमुख ईश्वरीदत्त पाण्डेले गत असारदेखि अहिलेसम्म एक सय नौ क्विन्टल मात्र चामल बिक्रि भएको बताए । अहिले गोदाममा पाँच सय २३ क्विन्टल चामल मौज्दात रहेको बताए ।
बझाङमा आर्थिक वर्ष २०७३/०७४ को लागि संस्थानको शाखा कार्यालय देवलमा एक हजार, तलकोट डिपोमा एक हजार र बिसौना डिपोको एक हजार पाँच सय क्विन्टल कोटा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार