८ बैशाख २०८१, शनिबार

ट्राफिक नियम पालनसम्बन्धी अन्तक्र्रिया



टीकापुर  । टीकापुरमा बालमैत्री समाज, ट्राफिक नियम पालन तथा लागूऔषध दुव्र्यसन नियन्त्रण सम्बन्धी बिहीबार अन्तरक्रिया भएको छ ।
कार्यक्रममा सहभागीहरूले लागूऔषध दुव्र्यसन न्यूनिकरणका लागि आआफ्नो घरबाटै शुरुवात गरिनुपर्ने बताए ।
कार्यक्रममा सहभागीहरूले टीकापुरको ट्राफिक व्यवस्थापनका लागि २/४ ठाउँमा ट्राफिक विट राख्न आग्रह गरे ।
कार्यक्रममा सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रम टीकापुर नगरपालिकाको सहयोग तथा सामुदायिक सेवा केन्द्र टीकापुर र ईलाका प्रहरी कार्यालय टीकापुरको आयोजनामा भएको हो ।
सामुदायिक सेवा केन्द्र टीकापुरका अध्यक्ष गंगाबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष मोहन नाथले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन सचिव हरि तिमिल्सिनाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार