८ बैशाख २०८१, शनिबार

सिलाईकटाई तालिम



धनगढी । राष्ट्रिय युवा परिषद् नेपालको वार्षिक कार्यक्रमअनुसार जिल्ला युवा समितिको कार्यालय कैलालीले बिहीबारदेखि सिलाई कटाई कार्यक्रम सञ्चालन गरेको छ ।
जिल्ला युवा समिति कैलालीका अध्यक्ष शम्भू कुँवरले सिलाईकटाई तालिमसंगै स्वरोजगारमूलक कार्यक्रम पनि सञ्चालन गरिने बताए ।
तालिम उद्घाटन कार्यक्रममा जिल्ला युवा समितिका कार्यालय प्रमुख नारायणप्रसाद वाग्लेले स्वागत गरेका थिए ।
तीन महिनासम्म सञ्चालन हुने सिलाईकटाई तालिममा कैलाली जिल्लाका विभिन्न ठाउँका १० जना महिलाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार