१६ चैत्र २०८०, शुक्रबार

फार्मेसीमा लागूऔषध बिक्री



धनगढी । कैलालीको धनगढीमा रहेको एक फार्मेसीले लागूऔषध समेत बिक्री गर्ने गरेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय, कैलालीले मंगलबार प्रेषित गरेको सूचनामा धनगढी उपमहानगरपालिका–२, बैय्याबेहडीस्थित दीर्घराज अधिकारीले सञ्चालन गरेको कुशल फार्मेसीबाट लागूऔषधजन्य वस्तु विक्री भइरहेको पाइएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयले गोप्य सूचनाका आधारमा सो फार्मेसीमा टोली खटाउँदा लागूऔषधका रूपमा प्रयोग हुने दुई सय ९५ ट्याब्लेट स्पास्मो र ३६ ट्याब्लेट अपिडोल फेला परेको प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।
डिएसपी बुढामगरले फार्मेसीले डाक्टरको अनुमतिमा मात्र बिक्री गर्न पाउने ती औषधि अवैध तरिकाले बिक्री गरिरहेको पाइएकोले सञ्चालक अधिकारीलाई पक्राउ गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार