६ चैत्र २०८०, मंगलवार

भिटेन र्याप शोको तयारी पुरा (भिडियोसहित)



धनगढी । नयाँ वर्षको अवसरमा चर्चित युवा र्यापर भिटेन धनगढी आउने तयारी पुरा भएको छ ।

आयोजक ड्रिम वर्कस् मोडलिङ एण्ड इभेन्टले बैशाख १३ गते धनगढीको पार्कमा आयोजना गर्ने भिटेनको लाईभ कन्सर्टको तयारी पुरा भएको जनाएको छ । बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलन गरी कार्यक्रम आयोजक संस्थाका सञ्चालक दिपेन्द्र भट्टले सांस्कृतिक कार्यक्रममा र्यापर भिटेनसंगै गायक बोक्टानी किङ, मना श्रेष्ठ, डिजे डेकिङ र डिजे नेहा पनि सहभागी हुने बताए ।
सांस्कृतिक कार्यक्रमको प्रवेश शुल्क तीन सय ५० रुपैयाँ तोकिएको भएपनि बैशाख १२ गतेसम्म अग्रिम गर्नेलाई ५० रुपैयाँ छुट दिइने भट्टले बताए । कार्यक्रम संयोजक जेठाराले सांस्कृतिक कार्यक्रमबाट हुने आम्दानीको दश प्रतिशत रकम अनाथाश्रमलाई र दश प्रतिशत रकम धनगढी कराँते एकेडेमीलाई सहयोग गरिने बताए । सो कन्सर्टका लागि आयोजकले धनगढीका विभिन्न स्थानमा रोड शो आयोजना गर्दै आएको छ । १० लाख रुपैयाँ खर्च गरी आयोजना गर्न लागिएको कन्सर्टमा १० हजार युवाको सहभागिता रहने भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार