१३ बैशाख २०८१, बिहीबार

सार्वजनिक सुनुवाई सम्पन्न



धनगढी । कैलारी गाउँपालिका वडा नं. ६ को आर्थिक वर्ष २०७५÷०७६ को सर्वाजनिक सुनुवाई सम्पन्न भएको छ ।

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सहकार्यमा वडा कार्यालयले मंगलबार सार्वजनिक सुनुवाई आयोजना गरेको हो । सार्वजनिक सुनुवाई स्थानीय बासिन्दा, राजनीतिक दल र नागरिक समाजका अगुवाहरुको सहभागिता थियो ।
वडा अध्यक्ष प्रेमबहादुर चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष चौधरीले वडामा सञ्चालित ३८ योजनाका प्रगति प्रतिवेदन र सार्वजनिक सेवा प्रवाहको स्थिति बारे प्रस्तुती गरेका थिए । उनको प्रस्तुतीमा सहभागीहरुले प्रश्न राखेपछि वडा अध्यक्ष चौधरीले जवाफ दिएका थिए । कार्यक्रम सञ्चालन फोनिजका कोषाध्यक्ष दुर्जन चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार