८ बैशाख २०८१, शनिबार

प्रदेश सरकार नराम्राेसंग चुक्याेः सांसद् रावल (भिडियोसहित)



धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता रणबहादुर रावलले प्रदेश सरकार र प्रदेश सभा विधीसम्मत तरिकाले नचलेको जिकीर गरेका छन् ।


नयाँ बर्षका अवसरमा कांग्रेस प्रदेश संसदीय दलले सोमबार आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दे नेता रावलले सरकारले केही राम्रा काम गर्न खोजेको भएपनि मुख्यमन्त्री कप जस्ता धेरै गतिविधीमा नराम्रोसंग चुकेको दावी गरेका हुन् ।
उनले काम छिटोछरितो रुपमा सक्न खोज्दा पनि आर्थिक अनियमितता भएको चर्चा गर्दे योजना कार्यान्वयनमा पनि प्रदेश सरकारले तारतम्य मिलाउन नसकेको बताए । ‘हामी विगतको प्रतिपक्ष जस्तो तोडफोड, बन्द, हडतालमा जादैनौ,’ उनले भने, ‘तर प्रेस र संसदबाट निरन्तर गलत कामको खवरदारी गर्ने छौ ।’

सरकारले तामझामका साथ हेलो सिएम टेलिफोन कार्यक्रम शुरु गरेको भएपनि प्रभावहीन भएको उनको जीकिर छ । हामी रचनात्मकढंगले अगाडि बढ्न चाहन्छौ नेता रावलको भनाइ छ गुनासा अनुसारका काम नभएपछि प्रदेश सरकारलाई जनताले गुनासो गर्न पनि छोडेका छन् ।
एक फरक प्रसंगमा उनले प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले सत्तापक्षको नेताको भूमिकामा आफूलाई प्रस्तुत गरिरहेकोले गुनासो गरे । उनले भने, ‘सच्चिन जरुरी छ सभामुख सत्ता र प्रतिपक्ष दुवैको साझा व्यक्ती हो ।’
सो अवसरमा कांग्रेसका केन्द्रीय सदस्य रत्ना शेरचन, नेता सुनिलकुमार भण्डारी, प्रदेश सभाका प्रवक्ता डिल्लीराज पन्त लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार