११ बैशाख २०८१, मंगलवार

मुक्तहलिया बस्तीमा पहिलो पटक मन्त्री



कञ्चनपुर । भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्यालले यसै वर्ष मुक्त हलियाको पुर्नस्थापनाको काम सम्पन्न हुने बताएकी छिन् ।
आईतबार कञ्चनपुर पुगेकी मन्त्री अर्यालले विभिन्न क्षेत्रको निरिक्षण गर्दै यसै वर्ष मुक्त हलियाको पुर्नस्थापनाको सम्पुर्ण काम सम्पन्न गर्ने गरी सरकार अगाडी बढेको बताइन् । ‘अहिलेसम्म सबै काम सम्पन्न हुनुपर्ने थियो तर भएन, अब त्यस्तो हुँदैन’ मन्त्रीअर्यालले भनिन्, ‘यसै बर्ष सबै काम सम्पन्न हुन्छ ।’
संघीय सरकारले आगामी वर्षको बजेटमा मुक्त हलियाको रोजगारीका लागि बिभिन्न कार्यक्रमहरु समाबेश गर्ने तयारी भइरहेको मन्त्री अर्यालले बताइन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १९ स्थित बागफाटा र वडा नम्बर १ स्थित बाह्रकुण्डाको हलिया बस्तीमा पहिलो पटक भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीले निरिक्षण गरेकी थिईन् ।
आफ्नो बस्तीमा पहिलो पटक मन्त्री पुगेपछि हर्षित भएका स्थानीयले मन्त्री समक्ष शिक्षा स्वास्थ्य लगायतका आधारभूत आवश्यकत्ता परिपूर्तिको माग गरेका थिए । सरकारले आवास निर्माणको लागि उपलब्ध गराउने भनेको रकमबाट भवन निर्माणमा नपुग्ने भन्दै स्थानीय सीबी लोहारले रकम थप गर्न माग गरेका थिए । ‘हामीलाई त्यो रकम पुग्दैन ।’ उनले भने, ‘मन्त्रीज्यूले पहिलो पटक बस्तीको अवलोकन गरेपछि रकम बढ्ने अपेक्षा गरेका छौं ।’
बिगतमा बधुवा मजदुरसरह जिविकोपार्जन गरेका उनीहरु अहिले लामो समयदेखि पुर्नस्थापनाको पर्खाइमा छन् । राष्टि?य मुक्त हलिया महासंघका तर्फबाट मन्त्री अर्याललाई ज्ञापन पत्र बुझाएका थिए ।
गतवर्षको सरकारी तथ्यांकअनुसार १६ हजार ९ सय ५३ घरधुरी मुक्त हलिया रहेका छन् । जसमध्ये गतअसार सम्म १२ हजार ५ सय ५६ वडा कार्ड प्रमाणित भएर ११ हजार ६ सय ६८ घरधुरीलाई कार्ड बितरण गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सूचना अधिकारी उपसचिव गोपाल गिरीले जानकारी दिए । जसमध्य हालसम्म सात हजार २ सय २८ पुर्नस्थापना भइसकेको छ । अहिले सरकारले यसै आर्थिक वर्षमा पुर्नस्थापनाको काम सम्पन्न गरिसक्ने गरी काम अगाडी बढाएको छ । सुदुरपश्चिमका ९ जिल्ला र कर्णाली प्रदेशका हुम्ला, जाजरकोट र सुर्खेत जिल्लामा मुक्त हलिया रहेका छन् ।
यसैबिच मन्त्रीअर्यालले महेन्द्रनगरस्थित भूमिसुधार कार्यालय र नापीकार्यालयको अनुगमन, निरिक्षण गरेकी थिइन् । कार्यालयको निरिक्षण गर्दै मन्त्री अर्यालले मन्त्रालय मालपोत र नापी कार्यालयलाई नमुना बनाउने गरी अगाडी बढेको भन्दै उनले त्यही स्प्रिटका साथ काम गर्न कर्मचारीहरुलाई आग्रह गरिन् ।
केही कार्यालयमा अनालाइन सेवा शुरु गरेको भन्दै उनले अनलाइनका कारण सेवा ढिलो भयो भन्ने महसुस जनतालाई हुन नदिन मन्त्री अर्यालले कर्मचारीलाई निर्देशन दिइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार