१३ बैशाख २०८१, बिहीबार

खुटिया–मटियारी–पिपलचाैतारा सडक तत्काल पिच गर्न माग (भिडियोसहित)



धनगढी । पूर्वमन्त्रीहरु लगायत स्थानीयले खुटिया–मटियारी–पिपलचौतारा सडक तत्काल पिच गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसंग माग गरेका छन् ।

पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य लेखराज भट्ट, सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा सांसद् दीर्घबहादुर सोडारी, प्रदेश सांसद् चुनकुमारी चौधरी लगायतले आइतबार मुख्यमन्त्री भट्टलाई ज्ञापन पत्र बुझाएर सो माग गरेका हुन् । सडकमा खाल्डाखुल्डी, धुलो, आवश्यक चौडाई नभएकोले त्यस सडकबाट आवतजावत गर्नमा अत्यन्तै कठिनाई रहेकाले चालु आर्थिक वर्षभित्रै सो सडक कालोपत्रे गराउन दवाव दिन ध्यानाकर्षण गराएको पुर्वमन्त्री सोडारीले बताए । धुलोधुवा“का कारण स्थानीय बासिन्दालाई समेत कठिनाई भइरहेको उनले बताए ।
मोहनापुल–अत्तरिया ६ लेन सडकको निर्माण भैरहेको बेला खुटिया–मटियारी–पिपलचौतारा सडकखण्डलाई पक्की बनाएर वैकल्पिक सडक बनाउन सकिने ज्ञापन पत्रमा उल्लेख छ । खुटिया मटियारी सडकखण्डलाई ४ लेन बनाउन अत्यावश्यक भएपनि तत्काल स्थानीय जनतालाई राहत दिन चालु आर्थिक वर्षभित्रै पिच गरिनु पर्ने माग गरेका छन् ।
ज्ञापन पत्रमा पुर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य भट्ट, पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य सोेडारी, प्रदेश सभा सदस्य चौधरी, नेकपाका प्रदेश सदस्य उद्धव भट्टराई, पुर्वमन्त्री भट्टका स्वकिय सचिब हितेश ओझा, स्थानीय खडक बम, गजाधर सापकोटा लगायतले हस्ताक्ष्ँरत गरेका छन् ।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री भट्टले सो सडकको लागत स्टीमेट तयार भैसकेको जानकारी दिए । उनले तत्काल भौतिक पूर्वाधार विकास मन्त्री, मन्त्रालयका सचिव र भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुखलाई बोलाएर छलफल गरी खुटिया–मटियारी–पिपलचौतारा सडक पिच गर्ने प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाए । ‘यो सडक ४ ल्यानकै हुनुपर्ने हो,’ मुख्यमन्त्री भट्टले ज्ञापनपत्र बुझाउन गएको टोलीलाई भने, ‘तर जनताहरुको मागलाई सम्बोधन गर्न प्रदेश सरकारले तत्काल पिच गर्ने प्रक्रिया अगाडि बढाउ“छ ।’
खुटिया–मटियारी–पिपलचौतारा सडकखण्डको काम यथाशिघ्र शुरु गर्न माग गर्दै स्थानीयहरु चैत १३ गतेदेखि आन्दोलित छन् । उनीहरुले सो सडक पिच नभएसम्म ट्रिपर, ट्रक, बस चल्न नदिने गरी आन्दोलनमा उत्रिएका छ । हाल आन्दोलनका कारण सो सडकमा ह्यावी गाडीहरु चल्न पाएका छैनन् । धनगढीदेखि स्याउले (खुटिया) हु“दै विपिनगर, गड्सेरा–दिपायल फास्ट ट्रयाक सडक निर्माण दबावमुलक संघर्ष समितिले एक सातासम्म स्याउलेमा चक्काजाम समेत गरेको थियो ।

सम्बन्धित समाचारहरू

धनगढी–खुटिया सडकः यथासिघ्र काम शुरु गर्न मागसहित आन्दोलन

धनगढी–दिपायल फास्ट ट्रयाक फेरि केन्द्र सरकार मातहत

अन्योलमा धनगढी–दिपायल द्रुतमार्ग : आगामी जेठभित्रै यातायात सञ्चालन हुन्छ– मुख्यमन्त्री भट्ट

धनगढी–दिपायल फास्ट ट्रयाकबारे छलफल

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार