७ बैशाख २०८१, शुक्रबार

सांस्कृतिक सम्मिलनको तयारी पुरा



जानकी । कैलालीको जानकी गाउँपालिका वडा नम्वर ९ अमरावतीमा नेपाल जातीय संग्रहालयको आयोजनामा हुने दुई दिने वृहत सांस्कृतिक सम्मिलनको तयारी पुरा भएको छ ।
आज (शनिबार र भोली (आइतबार) सम्म सञ्चालन हुने सांस्कृतिक सम्मिलनले जातीय सदभाव बढाउन र एकअर्काका संस्कृती प्रदर्शनी गर्न नयाँ खालको सांस्कृतिक सम्मिलन आयोजना गरिएको जनाइएको छ ।
सुदूरपश्चिमको मौलिक संस्कृतिको संरक्षण, प्रर्वद्धन र प्रचारप्रसार, नयाँ पुस्तालाई संस्कृति हस्तान्तरणमा सहयोग गर्ने, संस्कृति र सभ्यताप्रति गौरवको भावना जगाउने, सामाजिक एकता सदभाावलाई सुदृढ बनाउन सहयोग गर्ने उद्धेश्य र नयाँ वर्षको अवसरमा सामाजिक, सांस्कृतिक एकता र आर्थिक सम्वृद्धिका लागि सांस्कृतिक सम्मिलन आयोजना गरिएको नेपाल जातीय संग्राहालयका अध्यक्ष गरिमा शाहले बताइन् ।
सांस्कृतिक पर्यटन क्षेत्रको विकास गर्नका लागि आयोजना हुन थालेको सम्मिलनमा थारु र पहाडी समुदायका चित्रकला, परम्परागत हस्तकला, पहिरन, गरगहना, खाद्य परिकार र फोटो प्रदर्शनी हुने शाहले बताइन । सो अवसरमा पूर्वमन्त्री रामजनम चौधरीको उपस्थितिमा सांस्कृतिक गोष्ठी समेत हुने भएको छ । गोष्ठीमा कला र साहित्य अनुरागीहरूले आफना सृजनाहरू प्रस्तुत गर्न पाउने छन ।
त्यस्तै, राजी, थारु, मगर, पहाडी समूदायका विभिन्न साँस्कृतिक झाँकी समेत सो अवसरमा प्रदर्शन गरिने अध्यक्ष शाहले बताइन । सांस्कृतिक सम्मिलनले सुदूरपश्चिमको मौलिक संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रचारप्रसारमा सहयोग पुग्ने नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण हुने, आफनो संस्कृतिमाथि गौरव गर्न सिकाउने र सांस्कृतिक एकतालाई मजवूत बनाउने अपेक्षा आयोजकले लिएको छ ।
जातिय संग्रालयका अध्यक्ष शाहले संस्कृति र धार्मिक पर्यटनलाई व्यवसाय र उद्योगकारुपमा अगाल्न प्रेरित गर्ने उद्धेश्यले समेत सांस्कृतिक सम्मिलनको आयोजना गरिएको बताइन् ।
उदघाटन कार्यक्रममा विभिन्न जातजातिका रहनसहन परम्परा झल्कने कला संस्कृति, पहिरन, खानपान लगायतका परम्परागत बस्तु तथा सामग्रीहरूको प्रर्दशनी हुने बताइएको छ । सम्मिलनको दोस्रो दिन जनप्रतिनिधी र पत्रकारबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता समेत रहेको संग्रहालयका सचिव तिर्थराज उपाध्ययाले जानकारी दिए ।
पूर्व सांसद शाहको पहलमा २०७१ साल मंसिरमा कैलालीको जानकी गाउपालिका वडा नम्बर ९ मा दुई बिघामा स्थापना भएको नेपाल जातीय संग्रहालयमा पुरातत्व विभाग र नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा प्रदर्शनी कक्ष, डगौरा थारु घर, थारुको देउता राख्ने मरुवा, घेरबार पर्खाल, टिकट घर, पहाडी घर निर्माण भईसकेका छन् । संग्रहालयमा कठरीया घर, राजी घर, बडीमालिका मन्दिर, विभिन्न जातिको संस्कृति झल्कने प्रदर्शनी राख्ने हिमाल, झरना लगायतको निर्माण गर्ने संग्रहालयको गुरुयोजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार