रातो पहिरनमा खुलेकी नीता

प्रकाशित मिति :

नायिका नीता ढुंगाना बिहिबार बेलुकी चलचित्र ‘ए मेरो हजुर ३’को प्रिमियरमा पुगेकी थिइन् । नायिका ढुंगाना र चलचित्रकी निर्देशक झरना थापाविच गहिरो मित्रता भएकाले पनि उनी प्रिमियमार पुगेकी हुन् ।

अभिनेत्री नीता ढुंगानो रातो वन पिसले उनलाई आकर्षक देखायो । नीताले पनि खुलेको पहिरनमा आफूलाई निर्धक्क उभ्याएकी थिइन् । चलचित्र हेरिसकेपछि उनले नायक अनमोल केसी र नायिका सुहाना थापाको मात्र नभएर निर्देशक झरना थापाको कामको प्रशंसा गरिन् ।

नायिका नीता ढुंगाना अभिनित चलचित्रले बक्स अफिसमा भने राम्रो कलेक्शन गरिरहेका छैनन् । तर, उनको पहिरनप्रतिको चासो भने लोभलाग्दो नै छ ।

    Comment Here!