८ बैशाख २०८१, शनिबार

फुटसलको उपाधि पशुपति फारवेष्टलाई



धनगढी । नयाँ बर्ष २०७६ सालको अवसरमा धनगढीमा आयोजना गरिएको फुटसल प्रतियोगिताको उपाधि पशुपति फारवेष्ट युवा क्लबले जितेको छ ।

धनगढीमा रहेको फल्याटल्याण्ड फुटसलले आयोजना गरेको प्रतियोगिताको फाईनलमा फोर्स मोटर्सलाई पराजित गर्दै पशुपति फारवेष्टले फुटसल प्रतियोगिताको उपाधि जितेको हो । फल्याटल्याण्ड फुटसलमा भएको फाईनल खेलमा पशुपतिले फोर्स मोटरलाई ९–८ को अन्तरले किनारा लगाएको हो । धनगढीका चार युवाले सञ्चालनमा ल्याएको फल्याटल्याण्ड फुटसलमा विभिन्न अवसरमा फुटसल प्रतियोगिता हुँदै आएका छन् । नयाँ बर्षको अवसरमा भएको प्रतियोगितामा धनगढीका १० टीमको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार