१६ चैत्र २०८०, शुक्रबार

जिसस कैलालीको बेरूजु पाँच कराेड १८ लाख



धनगढी । सुदूरपश्चिम प्रदेशका नाै वटा जिल्ला समन्वय समन्वय समितिले सवा पाँच कराेड अनियमितता गरेका छन् ।

महालेखा परीक्षकले सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख माेहनराज मल्ललार्इ बुझाएको महालेखा परीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ५ कराेड २५ लाख ५९ हजार रूपैयाँ बेरूजु देखिएको हाे ।

सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्ला समन्वय समिति मध्ये  सबैभन्दा बढि बेरुजु गर्नेमा कैलाली जिल्ला समन्वय समिति परेको छ । त्यस्तै, बेरुजु गर्नेमा बैतडी दोस्रो, डोटी तेस्रो, बाजुरा चौथो स्थानमा छन् ।

कैलाली जिल्ला समन्वय समितिको ३० करोड २५ लाख १७ हजार रुपैयाको लेखा परीक्षण गरिएकोमा पाँच करोड १८ लाख ९३ हजार रुपैयाँ बेरुजु भेटिएको प्रतिवेदनमा उल्लेख छ । सुदूरपश्चिमका बाँकी ६ लाख ६६ हजार रूपैयाँ मात्रै छ ।

(रकम रू. हजारमा)

त्यस्तै, बैतडी जिल्ला समन्वय समितिको आठ करोड ७९ लाख ५४ हजार रुपैयाको लेखापरीक्षण गरिएकोमा तीन लाख १२ हजार रुपैयाँ बेरुजु भेटिएको छ । भने डोटी जिल्ला समन्वय समितिको १८ करोड ९९ लाख ९४ हजार रुपैया“को लेखापरीक्षण गर्दा एक लाख ५९ हजार रुपैया बेरुजु भेटिएको छ ।
त्यस्तै, बाजुरा जिल्ला समन्वय समितिको २० करोड २४ लाख ३७ हजार रकमको लेखापरीक्षण गर्दा एक लाख १४ हजार रुपैयाँ बेरुजु भेटिएको छ । कञ्चनपुर जिल्ला समन्वय समितिको २४ करोड ३५ लाख १० हजारको लेखा परीक्षण गर्दा ६० हजार रुपैया, दार्चुलाको ११ करोड २२ लाख ६० हजारको लेखापरीक्ष गर्दा १८ हजार र डडेल्धुराको पाँच करोड ९२ लाख ९१ हजारको लेखा परीक्षण गर्दा तीन हजार रुपैया“ बेरुजु भेटिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी, क्रमशः आठ करोड ७३ लाख २९ हजार र नौ करोड ५३ लाख २७ हजार रुपैया“को लेखापरीक्षण गरिएको अछाम र बझाङ जिल्ला समन्वय समितिमा भने बेरुजु रहेको छैन ।

 

याे पनिः प्रदेश सरकारको बेरुजु साठी लाख (लिष्टसहित)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार