११ बैशाख २०८१, मंगलवार

मुक्त कमैया महिलालाई लोकल कुखुरापालन तालिम



धनगढी । मुक्त कमैयाहरुको आयआर्जन बृद्धिका लागि कैलारी गाउँपालिकामा रहेका मुक्त कमैया महिलाहरुलाई लोकल कुखुलापालन तालिम दिइएको छ ।


फिन चर्च एड को आर्थिक सहयोगमा मुक्त कमैया महिला विकास मञ्चले कैलारीको वडा नं. ६ हिरापुरका २० र वडा नं. ७ विपतपुरका ५ जना गरी २५ जना मुक्त कमैया महिलाहरुलाई सैद्घान्तिक र प्रयोगात्मक अभ्यास सहितको तालिम दिएको हो । तीन दिने तालिममा सफलताका साथ कुखुरा क्याप्रोनाइज (कुखुरा खसी) वनाउने विधि समेत सिकाइएको मञ्चका कार्यक्रम संयोजक इन्द्र चौधरीले बताए ।
मुक्त कमैया र सिमान्तकृत समुदायको सामाजिक आर्थिक, सशक्तिकरण परियोजना अन्तरगत सञ्चालित सो तालिममा कैलारी गाँउपालिकाको पशु सेवा शाखाका पशु स्वास्थ्य प्राविधिक दिपेन्द्रकुमार चौधरीले प्रशिक्षण दिएका थिए ।
मुक्त कमैया महिला बिकास मञ्चले गौरीगंगा नगरपालिका–२, झिलको जुनेली मुक्त कमैया बस्तीलाई तरकारी खेती, गौरीगंगा–१ लठैह्या मुक्त कमैया बस्तीमा बंगुरपालन र कैलारी–२ रामपुरलाई चैते धानखेती र वाख्रापालनको लागि विकास गर्ने लक्ष्य रहेको कार्यक्रम संयोजक चौधरीले बताए । उनले लोकल कुखुरापालन, बंगुरपालन, वाख्रापालन गर्नका लागि प्रति ब्यक्ति १५ हजार सहयोग गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार