१५ चैत्र २०८०, बिहीबार

रात्रीकालीन पेनाल्टी सुटआउट आज दिउँसाेदेखि



धनगढी । धनगढीमा नयाँ वर्षको पूर्व सन्ध्यामा हुने रात्रिकालिन पेनाल्टी सुटआउट प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।


शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक दिनेश श्रेष्ठले यस वर्ष पनि आज (शनिबार) दिउँसाे ३ बजेदेखि हुने रात्रिकालिन पेनाल्टी सुटआउट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिए ।
प्रतियोगितामा ३२ वर्षभन्दा माथिका उमेर समूहले मात्रै सहभागिता जनाउने उनले बताए । प्रतियोगितामा प्रथम हुने टिमले एक लाख ५० हजार तथा द्वितीय हुने टिमले ७५ हजार रुपैयाँ पुरस्कार पाउने संयोजक श्रेष्ठले बताए ।
त्यस्तै, प्रतियोगितामा उत्कृष्ट गोलकिपर र उत्कृष्ट स्कोररले माइक्रोम्याक्स कम्पनीको मोबाइल पुरस्कार पाउने छन् । त्यस्तै, सबैभन्दा पाको उमेरका खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । भने प्रतियोगिता अवलोकनका लागि आउने व्यक्तिहरु मध्येबाट गोलाप्रथाबाट एकजनालाई होण्डा कम्पनीको स्कुटर प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
अवलोकनका लागि ५० रुपैया“को टिकट काट्नुपर्ने व्यवस्था रहेको प्रतियोगिताका संयोजक दिनेश श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार