८ बैशाख २०८१, शनिबार

बोर्डरलाइनको अभिभावक भेला



टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ७ स्थित बोर्डरलाईन पब्लिक स्कूलको शुक्रबार अभिभावक भेला भएको छ । सो अवसरमा शैक्षिक सत्र २०७५ को वार्षिक परीक्षाको नतिजा समेत प्रकाशन गरिएको छ ।
भेलाको प्याब्सनका जिल्ला अध्यक्ष डिल्लीराज रेग्मीले उद्घाटन गरेका थिए । कार्यक्रम विद्यालयका संस्थापक अध्यक्ष छविलाल जैशीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटा, पूर्व वडाध्यक्ष कविराम कोइराला, नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखा सभापति टोपबहादुर केसी, विद्यालयका संस्थापक नन्द बोहरा, अभिभावक सुरेन्द्र देवकर, बडघर राजकुमार चौधरी, रोहित ओड, कशिस धामी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालयका प्रिन्सिपल रामबहादुर सिंजालीले स्वागत गरेको कार्यक्रमको संचालन शिक्षक खगेन्द्र रिमालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार