११ बैशाख २०८१, मंगलवार

ऐश्र्वय क्युआरआरका लागि योग्य



धनगढी । धनगढी स्थित ऐश्वर्य बहुमुखी क्याम्पसले गुणस्तरीय प्रत्यापन प्रमाणिकरण (क्युआरआर) का लागि मापदण्ड पुरा गरिरहेको छ । विश्वविद्यालय अनुदान आयोगबाट खटिएको समकक्षी पुनरावलोकन समुहको टोलीले अवलोकनपछि ऐश्वर्य बहुमुखी क्याम्पसको समग्र ब्यबस्थापन सन्तोषजनक रहेको जनाएको छ ।

पा“च दिनको अध्ययन अवलोकनपछि बिहीबार समकक्षी पुनरावलोकन समुहले क्याम्पस ब्यबस्थापन समितिलाई सुझाव दिने क्रममा टोलीका संयोजक सुनिति हाडा श्रेष्ठले ऐश्वर्य बहुमुखी क्याम्पसको मापदण्ड चित्तबुझ्दो रहेको बताईन ।
ऐश्वर्य बहुमुखी क्याम्पसको गुणस्तरीय प्रत्यापन प्रमाणिकरणका लागि फलोअप भेटघाटमा टोली संयोजक श्रेष्ठले क्याम्पसले मापदण्ड पुरा गर्दै लगेको बताईन । विश्वविद्यालय अनुदान आयोगले गुणस्तरीय प्रत्यापन प्रमाणिकरण प्रमाणपत्र पाउन विभिन्न आठ वटा मापदण्ड पुरा गर्नुपर्ने प्रावधान राखेको छ ।
विश्वविद्यालय अनुदान आयोगको टोलीका सदस्य अन्तर्राष्ट्रिय विज्ञ ऋषिकेश सेनापतिले विषयवस्तुको ज्ञानलाई मात्रै सिकाई उपलब्धीको रुपमा लिन नहुने बताए ।
सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्टार प्राध्यापक डाक्टर हेमराज पन्तले ऐश्वर्य बहुमुखी क्याम्पस सामुदायिक क्याम्पसहरूमा गुणस्तरीय शिक्षा दिने क्याम्पसको रुपमा देशभरी परिचित रहेको बताए ।
सो अवसरमा ऐश्वर्य बहुमुखी क्याम्पस संचालक समिति अध्यक्ष तथा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले ऐश्वर्यप्रति आमसमुदायको विश्वासलाई दिगो बनाउन सबैमा आग्रह गरे ।
कार्यक्रमा ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्टले टोलीले दिएका सुझावहरु पुरा गर्दै लैजाने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार