६ बैशाख २०८१, बिहीबार

आठौं राष्ट्रिय खेलकुद :  कुस्तीमा प्रदेश ७ लाई तीन स्वर्ण



काठमाडौं ।  प्रदेश नं. ७ ले आठौं राष्ट्रिय खेलकुद अन्तरगत कुस्तीमा तीन स्वर्ण हाता पार्न सफल भएको छ। प्रदेश ७ का मनिषा सिहले ५० केजी तौल समूहमा स्वर्ण हात पारिन्। 

यस समूहमा सेनाकी लक्ष्मी तामाङ्खले रजत र प्रदेश ५ की सविता श्रेष्ठले कास्य पाईन्। यस्तै ५३ केजीमा प्रदेश ७ की सिमाङ्खी दुवेले स्वर्ण, सेनाकी कोपिला थापा मगरले रजत र प्रदेश १ की राधा कुमारी खत्वेले कास्य पाए। ५५ केजी तौलमा प्रदेश ७ की संगीता धामीले स्वर्ण हात पार्दा प्रदेश ५ की सपना श्रेष्ठले रजत र प्रदेश १ की अमृता लिम्बुले कास्य पाइन्।

यस्तै ५७ केजी र ५९ केजीमा सेनाले स्वर्ण हात पार्यो। ५७ केजीमा सेनाकी कल्पना बि.क.ले स्वर्ण हात पारिन्। दोश्रो स्थानमा ७ नं प्रदेशकी अम्बिका भण्डारी र तेश्रो स्थानमा प्रदेश ५ की श्रृजना चन्द रहिन्। यसैगरि ५९ केजीमा सेनाकी कविता पुनले स्वर्ण हात पार्दा प्रदेश ७ की कमल खत्रीले रजत र प्रदेश १ की लक्ष्मी उराले कास्य पाईन्।

२० स्वर्णका लागि भएको प्रतियोगिताको बाँकी खेलका फाइनल भोली बिहान हुने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार