१६ चैत्र २०८०, शुक्रबार

आत्मरक्षाका लागि डोजो प्रशिक्षण



धनगढी । पछिल्लो समय नेपालमा हत्याहिंसा बलत्कार बढेको भन्दै आत्मरक्षाका लागि डोजो कराँते खेलको प्रशिक्षण शुरु गरेको छ ।

धनगढी उप–महानगरपालिका वडा नम्बर १३, झलारीस्थित जनता राष्ट्रिय माध्यामिक विद्यालयको खेल मैदानमा त्यस क्षेत्रका महिला वालवालिकालाई आत्मरक्षाका लागि नेपाल सोतोकान कराँते संघले सो खेलको प्रशिक्षण गरिरहेको हो । एक कार्यक्रमका आयोजना गरी वडा नं. १३ का वडा अध्यक्ष विजयराज जोशीले मंगलबार सो डोजो कराते खेलको उद्घाटन गरे ।उनले नेपालमा वढ्दो हत्या हिंसालाई न्यूनिकरण गर्न र यस क्षेत्रका वालवालिकाले आफ्नो आत्मरक्षा गर्न सफल हुने बताए । उनले तीन दिनसम्म निःशुल्क सो कराँते सिकाइने बताए । हत्या हिंसा बलात्कारलाई न्यूनिकरण गर्न डटेर लाग्नु पर्ने बताउदै जोशीले जनचेतना मुलक कार्यक्रम र यस्ता खेलले न्युनिकरणमा कमी हने आशा व्यतm गरे ।
नेपाल सोतोकान कराँते संघ कैलालीका प्रमुख प्रशिक्षक तथा इन्चार्ज प्रतापसिंह चौधरीको नेतृत्वमा १० जना प्रशिक्षकले प्रशिक्षण दिइरहेका छन् । वडा नं. १३ का सयौं जना बालबालिका तथा महिलाहरु प्रशिक्षणमा भाग लिइरहेका छन् । नेपाल सोतो कान कराँते संघ कैलाली जिल्ला सदस्य सरोज जोशीको सभापतित्वमा सुरु भएको सो प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसका नेता छत्रराज जोशी, वडा सभापति धनबहादुर राना, नेपाली काँग्रेसका युवा नेता विनोद पन्त, वडा सदस्य हिरा राना, वडा सदस्य निशा आउजी, समाजसेवी विष्णु भट्ट, जनजागृति महिला संघकी सचिव दुर्गा पन्त संघका सल्लाहकार पुष्करराज पन्त लगायतले सफलताको शुभकामना दिएका थिए ।त्यसैगरी, क्षमता अभिबृद्धि गर्नका लागि वडा नं. १३ कैलाली गाउँमा उद्घोषण तालिम पनि मंगलबार शुरु गरेको छ । तालिम तीन दिनसम्म संचालन गरिने वडाअध्यक्ष जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार