१२ बैशाख २०८१, बुधबार

कृषक समुहलाई गहु पिस्ने मेसिन वितरण



सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ३ ले कृषक समुहलाई धान तथा गहु कुट्ने र पिस्ने मेसिन वितरण गरेको छ ।
सोमबार एक कार्यक्रमबीच छ वटा कृषक समुहलाई मेसिन वितरण गरिएको वडा नम्बर ३ का कमल थारुले बताए ।
वितरण कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बसन्त बहादुर बोहरा, वडा सदस्यहरु, कृषक समुहका प्रतिनिधिहरु, भलमन्सा, लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार