८ बैशाख २०८१, शनिबार

गिरिजाप्रसाद कोइराला स्मृित दिवस: शान्ति र लोकतन्त्रका लागि भएको भूमिकाबारे चर्चा



धनगढी । नेपाली काँग्रेसका तत्कालीन सभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवसका अवसरमा सोमबार धनगढीमा बृहत् विचार गोष्ठी आयोजना भएको छ ।


जीपी फाउण्डेशन, कैलालीद्वारा आयोजित विचार गोष्ठीमा स्वर्गीय गिरिजाप्रसादले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुगाएको योगदान तथा तत्कालीन युद्धरत माओवादीलाई शान्ति प्रक्रियामार्फत लोकतान्त्रिक मुलधारमा ल्याउन गरेको निर्णायक पहलका साथै राजनीतिक द्वन्द्वको तार्किक निकासका लागि अघि सारेको विघठित संसद पुनस्र्थापनाको सफल प्रयोगबारे चर्चा गरियो । फाउण्डेशनले चैत ७ गतेदेखि विभिन्न कार्यक्रमसहित स्मृति दिवस मनाएको जनाएको छ ।
कार्यक्रममा नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाहले भने– विश्वमै विरलै हुने राजनीतिक घटनाका रुपमा नेपालमा संसद पुनस्र्थापना भयो । यो स्वर्गीय गिरिजाप्रसाद कोइरालाको दृढनिश्चयी, दूरदर्शी तथा चट्टानी अडानको राजनीतिक सोचको प्रतिकका रुपमा स्थापित भएको छ ।
वर्तमान राजनीतिक अवस्थाबारे चर्चा गर्दै सभापति शाहले सरकारहरुका गलत कामकारबाहीका कारण अहिले आम जनतामा व्यवस्थाप्रतिको विश्वास खिइ“दै गएको बताए । उनको विश्लेषण थियो– अहिले राज्य सिस्टमबाट चलेको छैन, बरु “टुल” (उपकरण) बाट चलेको छ । उनले थपे– सामाजिक सञ्जालमा प्रधानमन्त्री, मन्त्रीहरुका धारणा तथा कामकारबाहीबारे टिप्पणी आउछन् । प्रधानमन्त्री, मन्त्रीहरुले सामाजिक सञ्जालमा आएका कुराहरुमा प्रतिक्रिया दिन्छन्, र ती प्रतिक्रियामा पुनः हजारौं तिखा प्रतिक्रियाहरु ओइरिन थाल्छन् ।
कार्यक्रममा नेपाली का“ग्रेसका नेता सुनीलकुमार भण्डारीले नेपालको पछिल्ला हरेक राजनीतिक घटनालाई निर्णायक र सार्थक बिन्दूमा पु¥याउनुका साथै उपलब्धी प्राप्त गर्न सफल राजनेताका रुपमा गिरिजाप्रसादलाई राष्ट्र र नेपाली जनताले सधैं स्मरण गर्ने बताए ।
नेता भण्डारीले राजनीतिक लक्ष्यप्रति स्पष्ट र अडिग रहेका कारणले नै गिरिजाप्रसादले संसद पुनस्र्थापनाको असम्भव लाग्ने मुद्दाले मुर्तरुप लिनसकेको चर्चा गरे ।
हाल नेपाली का“ग्रेसमा गुटको राजनीति मात्रै मौल्याएको चर्चा गर्दै नेता भण्डारीले भने– अहिले नेतृत्व पंक्तिमा न बाणी छ, न लक्ष्य र कार्यक्रम । यस्तो अवस्था कायमै रह“दा न त पार्टी सुदृढ हुन्छ, न लोकतन्त्रको संस्थागत विकास नै सम्भव छ ।
कार्यक्रममा लोकतन्त्र र यसको निरन्तरता विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक डाक्टर हेमराज पन्तले नेपाली जनताले कहिल्यै पनि कुनै पनि राज्य व्यवस्थामा सुशासनको अनुभूति गर्न नपाएको टिप्पणी गरे । “मुलुकका कतिपय स्थानमा बाजेको जीवन लेकमै वित्यो, नाती पनि लेक नै धाउनुपर्ने अवस्था रहेको समाचारले यो ६० वर्षको अवधिमा नेपालमा कस्तो परिवर्तन आयो ? भन्ने तितो प्रश्न यथावत छ” प्राध्यापक डाक्टर पन्तले भने– जबसम्म आम जनताले लोकतन्त्रलाई आफ्नो जीवनमा अनुभूत गर्न पाउदैनन्, तबसम्म यसको कुनै अर्थ हुदैन ।
उनले जनतामा लोकतन्त्रप्रतिको विश्वास बृद्धि, गरिबी निवारण, जनताको जीवनमा सार्थक परिवर्तन तथा सुशासनको अनुभूति नभएसम्म लोकतन्त्र दिगो हुननसक्ने टिप्पणी गरे ।
सो अवसरमा नेपाली का“ग्रेस कैलालीका पूर्व सभापति गोविन्दराज जोशीले लोकतान्त्रिकण गणतन्त्र र गिरिजाप्रसाद तथा डाक्टर राजेन्द्रवीर चन्दले नेपालको सन्दर्भमा लोकतान्त्रिक समाजवाद विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले पनि मन्तव्य व्यक्त गरेकी थिइन् ।
फाउण्डेशनका जिल्ला संयोजक यज्ञनिधी कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव शेरसिंह खड्काले गरेका थिए भने सदस्य गीता कठरियाले स्वागत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार