१५ चैत्र २०८०, बिहीबार

ससुरालीमा ३२ किलो सुन गाड्ने ५ जनाविरुद्ध राजश्व चुहावटको मुद्दा, १६ करोडबढि बिगो र ३ वर्ष कैद दाबी



धनगढी । राजश्व अनुसन्धान विभागले ३२ किलो सुन घरमै गाडेर लुकाएको अवस्थामा पक्राउ परेका ५ जना विरुद्ध १६ करोडभन्दा बढी बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।

विभागले जिल्ला अदालत कञ्चनपुरमा १६ करोड ९२ लाख ८० हजार असुल उपर हुनुपर्ने दाबी गर्दै राजश्व चुहावटको मुद्दा दायर गरेको हो । विभागले लक्ष्मण तिरुवा, सुरज तिरुवा, सरिता तिरुवा, इन्दिरा तिरुवा, शंकरबहादुर विकसंग जनही ३ करोड ३८ लाख ५६ हजार विगो र ३ वर्ष कैद सजायको माग अभियोग पत्रमा गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पुनर्वास नगरपालिका बस्ने शंकरबहादुर विकको घरमा अवैध लुकाई राखेको १ सय ८ थान र ३४ थानका दुई पोका सुन फागुन ४ गते पक्राउ गरेको थियो ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआइवीले उनीहरुलाई कञ्चनपुरको विभिन्न ठाउ“बाट पक्राउ गरेको थियो । त्यसमा थप अनुसन्धान गर्दै प्रहरीले उनीहरु विरुद्ध राजश्व चुहावटको मुद्दा दायर गरेको हो ।
खाल्डो खनेर ३२ किलो सुन लुकाएको अभियोगमा शुरुमा एक जनालाई प्रहरीले पक्राउ गरेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), महानगरीय प्रहरी अपराध महाशाखा र कञ्चनपुरको संयुक्त प्रहरी टोलीले कञ्चनपुरको पुर्नवास नगरपालिका २ दशरथ बस्तीबाट फागुन २ गते सो सुन बरामद गरेको थियो ।
स्थानीय विकको घरमा खाडल खनेर राखिएको अवस्थमा सुन बरामद गरिएको थियो । विकको बयानपछि अन्य चार जनालाई पक्राउ गरिएको थियो । विककै बयानमा लगत्तै सुन तस्करी आरोपमा लक्ष्मण तिरुवालाई पक्राउ गरिको थियो ।
तिरुवा विककै ज्वाई हुन् । पक्राउ परेका अन्य व्यत्ति mपनि परिवारभित्रै सदस्य हुन् । बरामद गरिएको सुन जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ल्याइएको सुदूरपश्चिमका निमित्त प्रहरी प्रमुख एसएसपी विक्रम चन्दले बताए ।
घरभित्र खाल्डो खनेर माथिबाट आलुले छोपेर सुन राखिएको थियो । कालो कपडामा बेरेर खाल्डो खनेर गाडिएको अवस्थामा सुन बरामद भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार