१३ बैशाख २०८१, बिहीबार

बालुवा खन्दा एकको मृत्यु



बझाङ । बझाङको केदारस्यु गाउँपालिका–४, खिल्लेख दोबाटो सुदाडामा बालुवा खन्दा माथिबाट आएको पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ ।


सिचाई नहरको लागि बालुवा निकाल्दै गर्दा पहिरो खस्दा केदारस्यु–४ का ३५ वर्षीया मनादेवी भट्टको घटना स्थलमै ज्यान गएको हो । अन्य ४ जना घाइते भएका छन् ।
पहिरो खस्दा निर्मला भट्ट, जानकी भट्ट, कलादेवी भट्ट र हंसा भट्ट घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये कलादेवी र हंसाको अवस्था सामान्य छ भने निर्मला र जानकीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारको लागि देउरा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार