१२ बैशाख २०८१, बुधबार

निर्मला पन्त प्रकरण : पूर्व एसपी विष्ट धरौटी बुझाएर रिहा



 कञ्चनपुर । बलात्कारपछि हत्या भएको कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्त प्रकरणमा मुछिएका पूर्व प्रहरी प्रमुख डिल्लीराज विष्ट धरौटीमा रिहा भएका छन् ।

जिल्ला न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले आइतबार साढे १० लाख धरौटीमा उनलाई रिहा गर्न आदेश जारी गरेको थियो । उनले सो धरौटी रकम आइतबार दिउँसो ४ बजेसम्म बुझाउनु पर्ने थियो ।

यातनाविरुद्धको मुद्दामा साढे चार लाख र सार्वजनिक न्यायविरुद्धको कसुरमा ६ लाख धरौटी बुझाएर तत्कालीन एसपी विष्ट रिहा भएका हुन् । उनीसहित आठ जना प्रहरीविरुद्ध निर्मलाकी आमा दुर्गादेवीले सार्वजनिक न्यायविरुद्धको कसुरमा मुद्दा दायर गरेकी थिइन् ।

यस्तै, एसपी विष्ट, डिएसपीद्वय सेठी र जिसी तथा इन्स्पेक्टर खड्काविरुद्ध दिलीपसिंह विष्टका दाजु खड्कसिंह विष्टले यातना कसुरसम्बन्धी मुद्दा दायर गरेका थिए । अभियोग लागेका ६ जना यसअघि नै धरौटीमा रिहा भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार