१३ बैशाख २०८१, बिहीबार

सुधार गृहका कर्मचारी मृत फेला



धनगढी । सुधार गृहका कर्मचारी मृत फेला गरेका छन् ।
धनगढी उप–महानगरपालिका वडा नम्बर ३ बोराडाडीमा रहेको लागु पदार्थ पुनस्थापना केन्द्रका स्टोरकिपर जनक ढुंगाल मृत फेला परेका हुन् ।
बिहिबार राती खाना खाएर सुत्न गएका ढुंगाल राती १० बजे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मृतकका आफन्तहरुले घटना संकास्पद रहेको बताएका छन् । उनका आफन्तले सुधार गृहमा रहेका दृव्र्यसनीहरुले हत्या गरेको आशंका गरेका छन । उनीहरुले घटनाको सत्य तथ्य छानविन गर्न माग गरेका छन् । कैलाली प्रहरीले घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार