१३ बैशाख २०८१, बिहीबार

निर्मला हत्याकाण्डकाे अादेश अाइतबार



धनगढी । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त प्रकरणका अभियुक्त कञ्चनपुरका पुर्व प्रहरी प्रमुख डिल्लीराज विष्टको थुनछेक बहस सकिएको छ । शुक्रबार विष्टविरुद्ध परेको मुद्दामा पक्षविपक्षीका कानुन व्यवसायीले थुनछेक बहस गरेका थिए । बहस सकिएपनि आदेश भने जारी गरिएको छैन ।


जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको एकल इजलासमा बहस भएको थियो । जिल्ला आदालत कञ्चनपुरका श्रेष्तादार हरिकृष्ण अवस्थीले समय अपुग भएकाले शुक्रबारै आदेश जारी गर्न नसकिएको बताए ।
उनका अनुसार आदालतले आदेश जारी नगरेपछि पुर्व एसपी विष्टलाई प्रहरीकै जिम्मा लगाइएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी अंगुर जिसी भने अझैसम्म अदालतमा उपस्थित भएका छैनन् ।
निर्मलाकी आमा दुर्गादेवीले एसपी विष्टसहितका आठ प्रहरीविरुद्ध परेको सार्वजनिक न्याय कसुर मुद्दामा मंलबार एसपी विष्ट आफै आदालतमा हाजिर भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार