१६ चैत्र २०८०, शुक्रबार

फागु पर्वको अवसरमा फुटसल प्रतियोगिता



धनगढी । फागु पर्वको अवसरमा धनगढीको चटकपुरमा रहेको डल्लुज फुटसलले फुटसल प्रतियोगिता आयोजना गरेको छ ।


चैत १ गतेदेखि नया“ व्यवस्थापन सहित सुरु भएको डल्लुज फुटसलले यो प्रतियोगिता आयोजना गरेको हो । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको मंगलबार वडा नम्बर ४ का वडाध्यक्ष दिपकबहादुर थापाले एक संक्षिप्त समारोहबीच उद्घाटन गरे ।
सो अवसरमा वडाध्यक्ष थापाले फुटसलको बढ्दो आकर्षणले यस्ता प्रतियोगिताहरु आयोजना हुनुपर्ने बताए । उनले खेलकुदका अन्य प्रतियोगिता र फुटसल प्रतियोगिता मार्फत स्वस्थ हुनुका साथै युवाहरुलाई कुलतबाट जोगाउन पनि फुटसल राम्रो माध्यम भएको चर्चा गरे ।
आज (बुधबार) सम्म आयोजना हुने फुटसल प्रतियोगितामा विभिन्न १३ वटा टीमको सहभागिता रहेको छ ।
मंगलबार पहिलो दिन लिग चरणका विभिन्न खेलहरु भएका छन् । मंगलबार भएका खेलहरुमा इन्जिनियरिङ समुहले रम्बादेवी ट्रान्सपोर्टलाई पराजित गरेको छ ।
त्यस्तै, एमआरको टीमले बोराडा“डी बी लाई हरायो भने मोती चोक टीमले शक्ति युवा क्लवलाई पराजित ग¥यो । त्यसैगरी बैंकर्स क्लवले आयोजक डल्लुज फुटसल टीमलाई पराजित गरेको छ ।
डल्ल्ुज फुटसलका सञ्चालक अभेष चन्दले प्रतियोगिताको सेमिफाईनल र फाईनल खेलहरु आज (बुधबार) हुने जानकारी दिए ।
यसअघि नै सञ्चालनमा रहेको फुटसल नया व्यवस्थापन सहित सुरु भएसंगै फुटसल प्रतियोगिता आयोजना गरिएकोमा आगामी दिनमा थप प्रतियोगिताहरु आयोजना गर्ने डल्लुज फुटसलले जनाएको छ । फुटसल सहित अन्य सेवा सुविधा सहित फुटसल क्षेत्रलाई सञ्चालन गर्ने लक्ष्य लिइएको डल्लुज फुटसल सञ्चालक समितीका अध्यक्ष उमेश विक्रम शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार