१३ बैशाख २०८१, बिहीबार

ब्लड क्यान्सरपीडित मिनाद्वारा सहयोगका लागि आग्रह



धनगढी । दुई वर्षदेखि ब्लड क्यान्सर रोगबाट पीडित कैलालीको बर्दगोरीया गाउंपालिका वडा नम्बर २ कुम्भीया गाउंकी मिना बमले आफ्नो उपचारमा सहयोग गर्न सबैमा आग्रह गरेकी छन् ।


लगातार एक वर्षदेखि उपचार गरे पनि स्वास्थ्यमा सुधार नभएपछि उनले उपचारमा सहयोग गर्न आग्रह गरेकी छन् । निको नभएपछि घरमै थला परेकी उनले आफू बाच्न चाहेकोले सहयोग गरिदिन आग्रह गरिन् ।
मीनाको परिवारको आर्थिक अवस्था कमजोर छ । चिकित्सकले मिनाको उपचार गर्न करिब १० लाख रुपैया खर्च लाग्ने बताएको उनकी आमा शारदाले बताइन् । शारदाले आफूसंग छोरीको उपचार गर्न रकमको व्यवस्था नभएकाले उपचार नगरी घरमै राख्नुपरेको उनले बताइन् ।
“छोरीको उपचार गर्दागर्दै आफूसंग भएको सबै सम्पत्ति सकियो’ उनले पीडा सुनाइन्– अलिकति भएको पा“च कठ्ठा खेतबारी पनि बेचे । अब यही सानो घर छ । यो पनि बेचेर कहा“ गएर बस्ने ?’
उनले छोरीको उपचारका लागि काठमाडौं, चितवन र भारतको लखनउसम्म गए पनि रकमको अभावले उपचार सम्भव नभएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार