७ बैशाख २०८१, शुक्रबार

बाल बिबाह सम्बन्धी सडक नाटक



सुखड । कैलालीको घोडाघोडी नगरपालिका ७ हरिनगर चोकमा जनचेतना मुलक सडक नाटक प्रर्दशन गरिएको छ ।


बाल बिबाह तथा बाल हानी न्युनिकरणको लागि जनचेतना मुलक सडक नाटक प्रर्दशन गीरएको हो । वडा बाल संरक्षण समितिको समन्वय, वर्ड भिजनको सहयोग र सामाजिक बिकासका लागि सचेत समाजको आयोजना जनचेतना मुलक सडक नाटक प्रर्दशन गरिएको थियोे ।
अहिलेसम्म वडा नम्बर ३ को जुरपानी, निम्दी लगायत विभिन्न ठाउँमा सडक नाटक प्रर्दशन गरिएको छ । सानै उमेरमा बाल बिबाह गर्दा बिभिन्न खालका समस्याहरु देखा पर्ने र त्यस्ता समस्या वडाभित्र नहोस भन्नको लागि कार्यक्रम गरिएको वडा नम्बर ३ का वडा सदस्य अनिता चौधरीले जनाइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार