१३ बैशाख २०८१, बिहीबार

हात्तीपाइलेको औषधी सेवन गर्नेहरुको संख्यामा बृद्धि



बौनिया । कैलालीको बर्दगोरीया गाउँपालिकामा यस वर्ष हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गर्नेहरुको संख्यामा बृद्धि भएको छ ।

विगतका वर्षहरुमा महिला स्वास्थ्य स्वयंसेविका मार्फत ३ दिनसम्म अभियान चलाएर खुवाउने गरीएकोमा यस वर्ष स्वास्थ्यकर्मीहरुको निगरानीमा फगुन १५ गतेदेखि ३० गतेसम्म १५ दिन अभियान सञ्चालन गरिएपछि औषधि खानेको संख्या बढेको हो । जसमा दोदोधरा स्वास्थ्य चौकीले साविकको दोदोधरा गाविस र कोटातुल्सीपुर स्वास्थ्य चौकीले साविकको कोटातुल्सीपुर गाविसमा अभियान चलाएको थियो । दोदोधरा गाविसमा ८३ प्रतिशतले औषधी सेवन गरेका दोदोधरा स्वास्थ्यचौकी प्रमुख कृष्णदेव जोषीले बताए ।
जुन विगतका वर्षभन्दा झण्डै १२ प्रतिशतले बृद्धी भएको जोषीले बताए । त्यस्तै कोटातुल्सीपुरमा ७६ प्रतीशतले औषधी गरेका गाउपालीका स्वस्थ्य शाखा प्रमुख कैलाश रावतले जनाए । गतवर्षको भदा ५ प्रतिशतले बृद्धी भएको रावतले बताए । बर्दगोरीया गाउँपालिकामा दोदोधरा स्वास्थ्य चौकीको सम्पर्कमा आएका ६ जना हात्तीपाईले संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार