७ बैशाख २०८१, शुक्रबार

काठ तस्करलाई जरिवाना



बौनिया । बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ बुटकौवाको दानुवाफाटा सामुदायिक बन उपभोक्ता समितीले काठ तस्करीमा संलग्न चार जनालाई जरिवाना गरेको छ ।
बर्दगोरोया गाउँपालिका वडा नम्बर ५ विशालनगरका चन्द्र भुल, कालू भुल, बमबहादुर भुल र कृष्ण बिकलाई सुराकीले दिएको सूचनाको आधारमा सोमबार राति गोरुगाडा सहित पक्राउ गरेको थियो । उनीहरुसंग ३३ क्युफिटका चार वटा हरिया सालका गोलिया बरामद भएको जनाइएको छ ।
चार जनालाई ८० हजार ५ सय २० रुपैयाँँ बराबर को जरिवाना गरि छोडेको सब डिभिजन कार्यलय बर्दगोरिया बौनियाका सहायक अधिकृत दिलिप यादवले जनाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार