१५ चैत्र २०८०, बिहीबार

समिक्षा बैठक सम्पन्न



बौनिया । बर्दगोरीया गाउपालिकाको समन्वय तथा गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सञ्चालित सेवक नेपालको कार्यक्रमको समिक्षा तथा समन्वयात्मक बैठक मंगलबार बौनियामा भएको छ ।
गाउंपालिका उपाध्यक्ष भगवतीदेवी डंगौरा थारुले संस्थाको सो कार्यमा आफ्नो सहयोग रहेको बताइन् ।
सेवक नेपालले बर्दगोरीया गाउपालीकाका वडा नम्बर ४, ५ र ६ मा शिक्षा, स्वास्थ्य, लघु उद्यम कार्यक्रम सञ्चालन गरिरहेको छ । नौ वटा सामुदायिक विद्यालयका गरिब, दलित तथा विपन्न वर्गका आठ सय छ जना बालबालिका, एउटा सहकारी र १२ जनालाई लघु उद्यमी तालीम सञ्चालन गरेको छ ।
आगामी दिनमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन गाउँपालिकासंग सहकार्य गरेर स्वास्थ्य, शिक्षा, खानेपानी र लघु उद्यमी सम्बधी कार्यक्रमहरु सञ्चालन गरिने सेवक नेपलका शिक्षा अधिकृत दुर्गाप्रसाद ढुंगानाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार