१५ चैत्र २०८०, बिहीबार

महिलाको अर्थपूर्ण सहभागिता आवश्यक छ : उपसभामुख



धनगढी । सुदूरपश्चिम प्रदेश सभाकी उपसभामुख निर्मला वडाल जोशीले समाज रुपान्तरण र परिवर्तनका लागि लागि हरेक ठाउंमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक रहेको बताएकी छन् ।

ग्रामिण विकास तथा अनुसन्धान केन्द्रले मंगलबार धनगढीमा आयोजना गरेको नेतृत्वमा रहेका महिला तथा सिमान्तकृत वर्गहरुको निर्णय प्रणालीमा सार्थक सहभागिता विषयक पैरवी कार्यक्रममा उपसभामुख जोशीले सामाजिक, आर्थिक रुपान्तरणका लाग पुरुष सरह महिलाको सहभागिता आवश्यक रहेको बताइन् ।
धनगढी उपमहानगरपालिकाका उपमेयर सुशीला मिश्र भट्टले धारा र भन्सामा महिला र पुरुषको बराबर सहभागिता नभएसम्म निर्णायक तहमा महिलाको अर्थपूर्ण सहभागिताको कल्पना गर्न नसकिने बताइन् ।
थारु कल्याणकारिणी सभाका इन्दिरा चौधरीले हरेक तहमा महिलाको लागि बजेट विनियोजना भए पनि पहुच र टाठाबाठा महिलाले फाइदा लिने गरेको गुनासो गरिन् ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा दलित महिला अधिकार मञ्चकी अध्यक्ष सावित्रा घिमिरे, एडजस नेपालकी अध्यक्ष चित्रा पनेरु, यूवा शान्ति परिषद नेपालका अध्यक्ष प्रेम ढुगाना, शिक्षक दिलिप चौधरी, धनगढी उपमहानगरपालिका कार्यपालिका सदस्य प्रेम विक, कल्याणी सिंह लगायतले धारणा राखेका थिए ।
कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले २०७४ सालको निर्वाचनबाट स्थानीय तहमा १४ हजार ३ सय ५३ जना, प्रदेश सभामा एक सय ८९ जाने र संघीय संसदमा एक सय ११ जना महिला निर्वाचित भएको बताए । कार्यक्रम संचालन केन्द्रका जिल्ला संयोजक ठाकुरप्रसाद करियाप्रधानले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार