११ बैशाख २०८१, मंगलवार

जातीयताका कुराले बिखण्डन ल्याउँछः नेतृ देउवा



धनगढी । नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले जातीयता र क्षेत्रीयताका कुराले समाजमा बिखण्डन ल्याउने बताएकी छन् ।

सोमबार कैलारी गाउँपालिकाको बेलौरीमा आयोजना गरिएको कृयाशिल सदस्यता वितरण कार्यक्रममा बोल्दै नेतृ देउवाले समाजमा जातीयता क्षेत्रीयताका कुरा गर्नेहरु कमजोर मानसिकता भएकाहरु भएको अरोप लगाईन । नेपाली कांग्रेस सबै बर्ग, जाती, क्षेत्र र धर्म मान्नेहरुको हो नेतृ देउवाले भनिन्, समाजमा जातीय कुरा गर्नेहरुका पछि नलाग्न आग्रह गरिन । कुनै समुदाय, जिल्लाका भौगोलीक क्षेत्रीयता नारा भन्दा पनि सिद्धान्तका साथ पार्टीको अभियानामा लाग्नुपर्ने उनले नेता कार्यकर्ता संग आग्रह गरिन ।
बर्तमान सरकार भष्टाचारमा डुवेको बताउदै नेतृ देउवाले भनिन्, सुदूरपश्चिम सरकारले मुख्यमन्त्री कपको बहानामा कार्यकर्तालाई रकम बाडेको बताईन । दुई दुई तिहाईको सरकार र जनताको सम्वन्ध टुट्दै गएको छ नेतृ देउवाले भनिन्, ‘सरकारले जनतालाई धोका दिने काम मात्रै गरिरहेको छ । निर्वाचन पराजित भएपनि जनताका सेवा गर्न कहिले पछाडी नहट्ने दाबी नेतृ देउवाले गरिन ।
नेपाली कांग्रेस कैलालीका सभापती नरनारायण शाह मनुले पार्टी बलियो बनाउनका लागि संगठन चाहिने भएकाले ढुक्ले संगठन बनाउन आग्रह गरे । बर्तमान सरकारले कुनै शिर्षक बिनानै डल्लो बजेट राखेर कार्यकर्तामुखी योजना बनाउन लागेको आरोप लगाए । धनगढी उपमहानगरपाललिकाका मेयर नृपबहादुर बडले धनगढी उपमहानगरपालिका प्रति प्रदेश सरकारले सौतेलो ब्यावहार गरेको आरोप समेत लगाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार