११ बैशाख २०८१, मंगलवार

होलीपर्वः सभ्य भएर खेल्नुस्, अन्यथा प्रहरीको फन्दामा पर्नुहोला !



धनगढी । होली, रंगहरूको पर्व । घरपरिवार, साथीसंगी, छरछिमेक, आफन्तजन, सबै मिलेर एकअर्कालाई रंग लगाएर खुसीयाली बाड्ने पर्व । रंगहरुको पर्व । रातो, हरियो, गुलाबी, निलो, पहेलो लगायतका रंग दलेर वर्षभरीका दुःखकष्ट बिर्सेर खुसीयाली मनाउने सांस्कृतिक पर्व हो, होली अर्थात् फागु पुर्णिमा ।

तर, पछिल्ला वर्षहरुमा होली पर्वमा उत्तिकै विकृति तथा उछृंखला थपिदै गएका छन् । अरुको इच्छा विपरित जबरजस्ती रंग दल्ने, फोहोर पानी, हिलो छ्याप्ने, नछुट्ने तथा कडा खालको र स्वास्थ्यलाई हानी पु¥याउने खालका रंग दल्ने क्रम बढेको छ । अझ, ग्रिस, मोबिल जस्ता पदार्थ दल्ने प्रचलन बनाइदैछ । मदिरा, भा“गगा“जा, चरेश सहितका लागू पदार्थ सेवन गरेर होहल्ला गर्ने, अभद्र र उछृंखल व्यवहार गर्नेहरु पनि बढ्दै गएका छन् । होली खेल्ने नाममा कतिपय ठाउ“मा झडपका घटना समेत दोहोरिने गरेका छन् । अप्रिय घटनाको संख्या समेत बृद्धि भइरहेको छ ।
होली पर्वमा मादक पदार्थ सेवन गरेर तीनचार जनासम्म राखेर अनियन्त्रित गतिमा मोटरसाइकल हु“इक्याउने युवा जमात पनि कम छैनन् । फलतः झैझगडा र सवारी दुर्घटनाका घटनामा पनि बृद्धि भइरहेका छन् ।
गत वर्ष होलीमा धनगढीमा केही युवाको हातखुट्टामा गम्भीर चोट लागेको थियो । कैलालीका केही स्थानमा केही युवति, महिलामाथि अभद्र व्यवहार भएको थियो । गत वर्षको होलीमा धनगढी उपमहानगरपालिका वडा नम्बर १५, उर्मागाउ“मा केही युवाले एक जना युवतिलाई नुहाइरहेको बेला जबरजस्ती रंग दलेको घटना जिल्ला प्रहरी कार्यालयमा आएको थियो । यस्तौ कैयौं घटना प्रहरी कार्यालयहरुमा होलीका बेला आउने गरेका छन् ।
त्यस्तै, गत वर्ष कैलालीकै टीकापुरमा पुरानो विषयलाई लिएर होलीमा झगडा हुदा एक जनाको ज्यान गएको थियो ।

हरेक वर्ष होली पर्वका वेला दोहोरिने यस्ता अप्रिय, उभद्र तथा उछृंखल घटना नियन्त्रण गर्न यस पटक कैलाली प्रहरीले विशेष सक्रियता देखाउने भएको छ । यस वर्षको होली भोलि (बुधबार) र पर्सी (बिहीबार) रहेको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीले यस वर्ष शिवरात्री र होली पर्वमा कुनै पनि किसिमको अप्रिय घटना हुन नदिन विशेष सक्रियता अपनाउने यसअघि नै घोषणा गरिसकेको छ । होली र शिवरात्रीमा उछृंखल, अवांछित घटना हुन नदिन प्रहरीले महाशिवरात्रीको दुई दिन अगाडि समाजका विभिन्न पक्षसंग छलफल गरेको थियो । कैलाली प्रहरीले पुनः सोमबार होली पर्वलाई व्यवस्थित र मर्यादित बनाउन समुदायसंग छलफल गरेको छ । होलीलाई व्यवस्थित र मर्यादित रुपमा मनाउन आग्रह गर्दै प्रहरीले जिल्लाका धनगढी लगायत जिल्लाका मुख्य बजारहरुमा माइकिङ पनि शुरु गरेको छ ।
होलीमा जबरजस्ती लोला, हिलो छ्याप्ने, अस्वस्थकर रंग दल्ने क्रियाकलपा गरेको पाइएमा प्रहरीले पक्राउ गरी सार्वजनिक हित विरुद्ध कार्य गरेको मुद्दा चलाउने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए । उनले महिलालाई लक्षित गरी जबर्जस्ती रंग दलेको वा लोला हानेको भेटिएमा पक्राउ गर्न जिल्लाका सबै प्रहरी ईकाईहरुलाई निर्देशन दिइसकेको बताए ।

“होली पर्वलाई व्यवस्थित र मर्यादित बनाउन सबै सरोकारवाहरुको सहकार्य आवश्यक छ” प्रहरी नायव उपरीक्षक बस्नेतले भने– यस वर्ष होली पर्वमा थप प्रहरी परिचालन गरिने छ । दुर्घटनाबाट हुनसक्ने जनधनको क्षति कम गर्न, सडकलाई सुरक्षित बनाउन तथा सवारी साधन प्रयोग गरी रंग र लोला हान्ने प्रवृत्ति तथा अनैतिक हर्कतलाई निरुत्साहित गरिने छ ।
होलीका दिन रक्सीले मातेर गाडी चलाउने तथा हेल्मेट प्रयोग नगर्नेलाई पनि कारवाही हुने प्रहरी नायव उपरीक्ष बस्नेतले बताए । उनले भने– होली पर्वका दिन जथाभावी रुपमा सवारी साधन चलाउनेलाई छुट्टै कारवाही प्रक्रिया नभए पनि ट्राफिक नियम अनुसार कारवाही हुनेछ । यस्ता गाडी र गाडी चालकलाई पक्राउ गरी कारवाही गरिने छ ।
होली पर्वको दिन विभिन्न ठाउ“मा कन्र्सट गर्दा पनि जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने प्रहरीले जनाएको छ । चाडपर्व बनाउने अधिकार सबैलाई भए पनि व्यवस्थित हुनुपर्ने जिल्ला प्रहरी कार्यालय कैलालीमा भएको छलफलका सहभागीहरूको सुझाव थियो ।
छलफलका क्रममा होटल व्यवसायी संघ, कैलालीका अध्यक्ष कलमबहादुर बमले पछिल्लो समयमा होलीमा विकृति फैलिदै गएकाले यसलाई रोक्न सबै निकायको भूमिका जरुरी रहेको बताए ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का वडा सदस्य माया भण्डारीले होलीमा शरीरलाई हानी पुग्ने गरी विभिन्न कलर प्रयोग गरेको पाएमा पनि त्यस्ता व्यक्तिलाई पनि कार्यवाही गर्नुपर्ने सुझाव दिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार