७ बैशाख २०८१, शुक्रबार

सहकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम



टीकापुर । कैलालीको टीकापुरस्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा आइतबार सहकारी संस्थाहरुबीच अन्तरक्रिया कार्यक्रम भएको छ ।
कास्की जिल्लाको पोखरा–८, सिर्जनाचोक स्थित पूर्व कर्मचारी बचत तथा ऋण सहकारीको सहकारी अवलोकन टोली र टीकापुर क्षेत्रका सहकारी संस्थाहरुबीचमा अन्तरक्रिया कार्यक्रम भएको थियो ।
जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष बद्रिप्रसाद भट्राईको अध्यक्षतामा भएको अन्तरक्रियामा पूर्व कर्मचारी बचत तथा ऋण सहकारीका अध्यक्ष कुलप्रसाद भण्डारी प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा जनकल्याण सहकारीका निवर्तमान अध्यक्ष गणेशबहादुर साउद, पूर्व कर्मचारी बचत तथा ऋण सहकारीका अनन्तराज लम्साल, ऋषीराम त्रिपाठी, केशव प्रसाद ढकाल, महाप्रसाद सुवेदी, शुभलक्ष्मी बचत तथा ऋण सहकारीका अध्यक्ष सिताराम बजगाई, हाम्रो सेती बचत तथा ऋण सहकारीका व्यवस्थापक दिपक धिताल, महिला जागरण बहुउदेश्यीय सहकारीका कला विष्ट, शान्ति नेपाल साना किसान कृषी सहकारीका व्यवस्थापक कुशराज भट्राई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
महिला जागरण बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष कलावती स्वारले स्वागत गरेको कार्यक्रमको संचालन जनकल्याण सहकारीका व्यवस्थापक छबिलाल जैशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार