१६ चैत्र २०८०, शुक्रबार

सरकार भ्रष्टाचारतर्फ लम्कदै: नेतृ आरजु



धनगढी । नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले बर्तमान सरकार भ्रष्टाचारतर्फ लम्कदै गरेका आरोप लगाएकी छिन् ।


आईतबार धनगढी उपमहानरपालिका वडा नम्बर ११ र १३ मा का“ग्रेस कार्यकर्तालाई कृयाशिल सदस्यता बितरण गर्दै उनले नेकपा नेतृत्वको वर्तमान सरकार कार्यकर्तामुखी मात्र भएको आरोप लगाइन् । उनले सुदूरपश्चिम प्रदेश सरकारले पनि मुख्यमन्त्री कपको बहानामा कार्यकर्तालाई रकम बाड्दै सरकारको ढुकुटी सकिरहेको आरोप लगाइन् ।
उनले दुई तिहाईको दम्भ देखाउदै सरकारले जनतालाई धोका दिइरहेको बताइन् ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सदस्य डिल्लीराज पन्तले नेकपाको सरकारले कांग्रेसले जितेका निर्वाचन क्षेत्रका बजेट नै कम प्राथमिकतामा राखेको आरोप लगाए । उनले सुदूरपश्चिम सरकारले कुनै शिर्षक बिना नै डल्लो बजेट राखेर कार्यकर्तामुखी योजना बनाइरहेको बताए ।
सो अवसरमा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर बडले पनि मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार