१२ बैशाख २०८१, बुधबार

हत्या गरी फालिएको अवस्थामा लाश फेला



धनगढी । गोदावरी नगरपालिका–४, खैराना जाने बाटोमा शनिबार विहान एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरीका कार्यालय कैलालीका अनुसार मालाखेती प्रहरीले सूचना पाएपछि पुर्वपश्चिम राजमार्गबाट खैराना जाने बाटोमा अन्दाजी ४०÷४५ वर्षका व्यक्तिको शव फेला पारेको हो । प्रहरीले प्रारम्भिक अनुसन्धानमा लास फेला परेको स्थान भन्दाभित्रि सडकमा मृतकको टाउकोमा ढुङगाले प्रहार गरी हत्या गरी लास १४४ फिट मुख्य सडक खण्ड तर्फ तानी लास फालेको जनाएको छ । प्रहरीले छातीमा समेत चोट लागेको जनाएको छ ।
मृतकको शव सेती अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । निलो जिन्स पाईन्ट, कालो खैरो ज्याकेट, दाह्री भएको पातलो शरिर, साईडमा हिमाली भेगमा लगाउने कालो जुता, निलो कलरको मोजा, जनै लगाएको उचाई ५ फिट ५ ईन्च टाउको व्यक्ति मृत भेटिएको हुँदा सम्बन्धित पहिचान गर्ने व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार