७ बैशाख २०८१, शुक्रबार

खेलकुदलाई मौलिक हकको रूपमा स्वीकार्नु पर्छ : सभामुख महारा (फोटो फिचरसहित)



धनगढी । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महाराले खेलकुदलाई मौलिक हकको रूपमा स्वीकार्नु पर्ने बताएका छन् ।सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा आयोजना गरेको प्रथम मुख्य मन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता उद्घाटन कार्याक्रममा सभामुख महराले खेलकुदलाई मनोञ्जनको साधनको रूपमा मात्रै लिन नहुने बताएका हुन् । शुक्रबार उनले पछिल्लो समयमा खेलकुद स्वास्थ्य र शिक्षासँग पनि सम्बन्धित रहेको बताए । उनले संघीयाता कार्यान्यनमा उपलब्धि प्राप्त गरेको समेत बताएका छन् । उनले संघीयता कार्यान्यनमा बाधा पुगाउने १ सय ६५ कानुन परिमार्जन गरिएको बताए । सभामुख महराले संघीयता कार्यान्यन भएपनि कार्य गर्न भने अझै बाँकी रहेको समेत बताए ।
उनले केन्द्रले केहि नीतिगत कामहरू गर्नमा ढिलाई गर्दा प्रदेश र स्थानीय तहलाई काम गर्न समस्या देखिएपनि त्यो समस्या छिटै समाधान हुने समेत बताए ।
सभामुख महराले संविधना विरोधी र संघीयता असफल पार्ने कार्यहरूलाई सरकारले निस्क्रिय पार्ने समेत बताए । संघीयता कुनै विदेशी नभई नेपाली मौलिकतामा हुनु पर्नेमा उनले बताए । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले जनताका मागहरू धेरै भएकाले कामहरू अझै गर्न बाँकी रहेको बताए । कानुनहरू निर्माणमा ढिलाई हँुदा विभिन्न कार्यहरू गर्न प्रदेश सरकारलाई कठिनाई भएको समेत बताए ।
कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार शुरुवाती चरणमा रहेकाले प्रदेशमा कार्य गर्न धेरै बाँकी रहेको बताए । ऐन कानुन निर्माणमा भएको ढिलाईले गर्दा प्रदेश सरकारले चाहेर पनि विकास निर्माण कार्यहरू गर्न नसकिरहेको उनले बताए । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा कर्णाली प्रदेशका समाजिक विकास मन्त्री दलबहादुर रावल, प्रदेश नम्बर १ का समाजिक विकास मन्त्री जीवन घिमिरेले खेलले अनुशासित क्षमता बृद्धि गर्ने बताए ।

प्रतियोगिता उद्घाटन कार्यक्रम शुरु हुनु भन्दा पहिले शुक्रबार बिहान धनगढीको ट्राफिक चौराहदेखि धनगढी रंगशालासम्म सुदूरपश्चिमका मौलिक संस्कृति झल्किने झाँकी सहित प्रभातफेरि आयोजना गरिएको थियो । फागुन २९ गतेबाट शुरु भएको प्रतियोगिता चैत्र ३ गते समापन हुने छन् । ७ वटै प्रदेशका खेलाडी, सफिसियल र प्रशिक्षक गरी झण्डै साढे छ सय जनाको सहभागिता छ । प्रतियोगितामा भलिबल, क्रिकेट र ब्याटमिन्टका खेल महिला र पुरुष दुबैको भइरहेको छ भने फुटबल खेल पुरुषको मात्रै भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार