१५ चैत्र २०८०, बिहीबार

घुस रकमसहित वन अधिकृत पक्राउ



धनगढी । धनगढी उपमहानगरपालिकाको तारानगरमा रहेको वन सव डिभिजन कार्यालयका सहायक वन अधिकृत घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले सहायक वन अधिकृत भरतप्रसाद साहलाई घुस लिँदै गर्दा पक्राउ गरेको जनाएको छ ।
काठ चोरी निकासीको मुद्दा मिलाई दिने भन्दै घुस लिइरहेको अवस्थामा सहायक वन अधिकृत शाहलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रवक्ता टोपबहादुर बिष्टका बताए ।
उनले सहायक वन अधिकृत शाहलाई कार्यालयमै सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार