११ बैशाख २०८१, मंगलवार

ओजुवा तालमा डुंगा सञ्चालन



सुखड । कैलालीको घोडाघोडी ताल क्षेत्रको ओजुवा तालमा बुधबारदेखि डुंगा सञ्चालनमा ल्याइएको छ । घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीले बुधबार एक कार्यक्रमबीच डुंगा सञ्चालनको उद्घाटन गरे । ओजुवा ताल ६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । ओजुवा तालमा निजी क्षेत्रबाट डुंगा सञ्चालनमा ल्याइएको बताइएको छ । बृहत घोडाघोडी ताल तथा पर्यटन बोर्डको प्रवद्र्धन तथा घोडाघोडी सामुदायिक वनको समन्वयमा लेकसाईट इको टेल रिसोर्टले डुंगा सञ्चालन गरेको हो ।
अहिले दुई खुट्टा तथा एक हातले चलाउने डुंगा सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार