१३ बैशाख २०८१, बिहीबार

मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगिता सुरु



धनगढी । सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालयको आयोजनामा बुधबारदेखि धनगढीमा प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गतका क्रिकेट तथा फुटबल खेल शुरु भएका छन् । बुधबारदेखि महिला तथा पुरुषतर्फ क्रिकेट र फुटबल खेलहरू सुरु भएका छन् । पुरुषतर्फको क्रिकेट खेलहरू धनगढीको फाप्ला मैदानमा भइरहेका छन् भने महिलातर्फको क्रिकेट खेलहरू संघीय प्रहरी कार्यालयको खेल मैदानमा भइरहेका छन् ।
त्यस्तै, फुटवलका खेलहरू धनगढी रंगशालामा भइरहेका छन् ।

महिला क्रिकेटः सुदूरपश्चिमको रेकर्ड जीत, कर्णालीको क्रिकेट इतिहासमा सर्वाधिक लज्जास्पद हार
प्रतिद्वन्द्वी टिमलाई चार रनमा खुम्च्याउँदै सुदूरपश्चिम महिला क्रिकेट टिमले रेकर्ड जीत प्राप्त गरेको छ ।
बुधबारदेखि शुरु भएको प्रथम मुख्यमन्त्री कप खेलकुद प्रतियोगिता अन्तर्गतको क्रिकेट खेलमा सुदूरपश्चिम महिला क्रिकेट टिमले दिएको छोटो फम्र्याट (१५ ओभर) को क्रिकेट खेल इतिहासको रेकर्ड दुई सय ३१ रनको विजय लक्ष्य पच्छ्याएको कर्णाली महिला क्रिकेट टिम चार रनमै अलआउट भएको थियो । क्रिकेट इतिहासमा हारको नयाँ र लज्जास्पद रेकर्ड बनेको सो खेलमा कर्णाली प्रदेशको पारीमा ब्याट्सम्यानको ब्याटबाट जम्मा एक रन मात्रै बनेको थियो । भने कर्णालीले तीन रन अतिरिक्त प्राप्त गरेको थियो । प्रतिओभर १५ दशमलव ४७ रनको निकै कठिन लक्ष्यको पिछा गर्ने क्रममा कर्णाली महिला क्रिकेट टिमका लक्ष्मी पुरीले मात्रै एक रन बनाएकी थिइन् ।
खेलमा कर्णाली प्रदेश महिला क्रिकेट टिम ब्याटिङ, बलिङ तथा फिल्डिङ तीनै पक्षमा निकै कमजोर देखिएको थियो ।
सम्पूर्ण रूपमा एकतर्फी देखिएको सो खेलमा सुदूरपश्चिम महिला क्रिकेट टिमका ब्याट्म्यान, बलर तथा फिल्डरले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
क्रिकेट खेलको इतिहासमा रेकर्ड जीत प्राप्त गर्ने क्रममा सुदूरपश्चिम महिला क्रिकेट टिमका कविता कुँवरले दुई ओभरमा दुई मेड ओभर सहित एक रन पनि खर्च नगरी ह्याट्रिक सहित चार विकेट लिइन् । त्यस्तै, सुमन बिष्टले दुई ओभरमा चार रन खर्चेर दुई विकेट लिइन् । बलिङमा कुनै पनि रन खर्च नगरी चार विकेट लिएको क्रिकेटको इतिहासमा सम्भवतः नौलो रेकर्ड हो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेश महिला टिमले निर्धारित १५ ओभरमा दुई सय ३१ रनको विसाल स्कोर बनायो । सुदूरपश्चिमका रुवी पोदारले धुँवाधार ब्याटिङ गर्दै ५२ बलमा ८५ रन बनाइन् । त्यस्तै, रेवती धामीले ४४ बलमा ६९ रन बनाइन् ।
बुधबार नै भएको अर्को खेलमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर ५ लाई सात विकेटले हराएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नम्बर ५ ले निर्धारित २० ओभरमा नौ विकेट क्षतिमा एक सय सात रन बनायो । प्रदेश ५ का सरस्वती पुनले २८ तथा नितु भण्डारीले २१ रन बनाइन् ।
बलिङतर्फ प्रदेश नम्बर १ का सबनम राई र निग्मा तामाङले दुई÷दुई विकेट लिए ।
एक सय आठ रनको विजय लक्ष्य पछ्याएको प्रदेश नम्बर १ ले दुई बल बा“की छ“दै तीन विकेट गुमाएर लक्ष्य पुरा ग¥यो । प्रदेश नम्बर १ को जीतमा रोमा थापाको अविजित ६१ रनको निर्णायक योगदान रह्यो । प्रदेश १ का अप्सरा बेगमले १८ रन बनाइन् ।

पुरुष क्रिकेटः सुदूरपश्चिम र प्रदेश नम्बर १ को जीत
प्रथम मुख्यमन्त्री कप खेलकुद प्रतियोगिताको बुधबार भएको पुरुष क्रिकेटतर्फको खेलमा सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ । पुरुष क्रिकेटतर्फको बुधबार नै भएको अर्को खेलमा प्रदेश नम्बर १ विजयी भएको छ । बुधबारको पहिलो खेलमा सुदूरपश्चिम क्रिकेट टिमले कर्णाली प्रदेशलाई आठ विकेटले हराउँदै विजय यात्रा शुरु गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशले दिएको ९५ रनको विजय लक्ष्य सुदूरपश्चिम प्रदेश टिमले १४ दशमलव एक ओभरमा दुई विकेट गुमाएर पुरा गरेको थियो ।
सुदूरपश्चिमलाई सानदार जीत दिलाउने क्रममा सञ्जु बोहराले ४३, खडक बोहराले २४ र दीपेन्द्र बोहराले २० रन बनाए ।
यसअघि कर्णाली प्रदेशले निर्धारित २० ओभरमा नौ विकेट क्षतिमा ९४ रन बनाएको थियो ।
कर्णाली प्रदेश पुरुष क्रिकेट टिमका दिवान पुनले २२ र हेमन्त ओलीले १० रन बनाएका थिए भने कर्णालीका अरू खेलाडीले दोहोरो रन अंक बनाउन सकेनन् ।
कर्णालीलाई सस्तै रनस्कोरमा खुम्च्याउने क्रममा सुदूरपश्चिमका नरेन्द्र साउँदले चार, महेश अधिकारीले दुई तथा विकाश आग्रीले एक विकेट लिएका थिए ।
पुरुष क्रिकेटतर्फ बुधबार नै भएको अर्कोे खेलमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर ५ लाई पाँच रनले हरायो ।
टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नम्बर १ ले निर्धारित २० ओभरमा छ विकेट गुमाएक र एक सय १५ रन बनायो । प्रदेश नम्बर १ का दीपेश कँडेलले ३६ र पुष्प थापाले ३४ रन बनाए ।
बलिङतर्फ प्रदेश नम्बर ५ का कृष्ण कार्कीले दुई विकेट लिए ।
एक सय १६ रनको विजय लक्ष्य पछ्याएको प्रदेश नम्बर ५ ले निर्धारित २० ओभरमा नौ विकेट क्षतिमा एक सय १० रन मात्रै बनायो । प्रदेश ५ का सुवेन्द्र पाण्डेयले २२, सौरव खनालले १५ र राजीवरले १२ रन बनाए ।
प्रदेश नम्बर १ का पुष्प थापा र मुकुन्द यादवले दुई दुई विकेट लिए ।

पुरुष फुटबल: प्रदेश नम्बर २ र प्रदेश नम्बर १ विजयी
बुधबारदेखि शुरु भएको प्रथम मुख्यमन्त्री कप खेलकुद प्रतियोगिताको पुरुष तर्फको फुटबलमा पहिलो दिनको खेलमा प्रदेश नम्बर २ र प्रदेश नम्बर १ विजयी भएका छन् । धनगढी रंगशालामा जारी फुटवल खेलमा प्रदेश नम्बर २ ले गण्डकी प्रदेशलाई ३–१ गोल अन्तरले हरायो । प्रदेश नम्बर २ का ऋतिक खड्काले दुई र गंगाबहादुर आलेले एक गोल गरे । खड्काले खेलको आठौं मिनेटमा र ७६ औं मिनेटमा गोल गरेका थिए भने आलेले १३ औं मिनेटमा गोल गरेका थिए ।
गण्डकी प्रदेशका अजिज मियाले टिमका लागि ६९ औं मिनेटमा गोल गरेका थिए ।
त्यस्तै, बुधबारको अर्को खेलमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर ५ लाई सून्यका विरुद्ध एक गोलले हरायो । प्रदेश १ का विदुर रिजालले एक तथा निर्णायक गोल गरेका थिए । उनले खेलको ६५ औं मिनेटमा गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार