८ बैशाख २०८१, शनिबार

गौरीगंगा कप फुटवल : घोडाघोडी र मालिका सेमिफाइनलमा



सुखड । कैलालीको गौरीगंगा नगरपालिकामा जारी बाह्रबन गौरीगंगा कफ फुटवल प्रतियोगितामा घोडाघोडी युवा क्लव सुखड र मालिका चौलागाई एण्ड उत्कृष्ट ग्रुप सहारा, पहलमानपुर सेमिफाइनलमा प्रवेश गरेका छन ।
मंगलबार भएका खेलमा घोडाघोडी युवा क्लवले सुदूरपश्चिम–११ स्पोटर््स क्लवलाई हरायो भने सहारा पहलमानपुरले युनाइटेड युथ क्लव दाङलाई पराजित गरेर सेमिफाइनलमा प्रवेश ग¥यो ।
मंगलबारको पहिलो खेलमा घोडाघोडीले सुदूरपश्चिम–११ लाई सून्यका विरुद्ध एक गोलले पराजित ग¥यो । घोडाघोडीका संजोग महर्जनले निर्णायक गोल गरेका थिए ।
त्यसैगरी अर्को खेलमा मालिका चौलागाईले युनाइटेड युथ क्लवलाई ट्राइब्रेकरमा पराजित ग¥यो । निर्धारीत समयमा खेल २–२ को बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।
खेलमा दाङका अर्जुन नेपालीले दुई गोल गरेका थिए । आज नेपालगञ्ज ११ र फारवेस्ट पशुपति क्लवबीच खेल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार